काकरभिट्टा क्याम्पसको स्ववियू निर्वाचन तत्काललाई रोकियो , अखिलका दुई विद्यार्थी निलम्बित

2023-03-17 मा प्रकाशित

मेचीनगर, ३ चैत । स्ववियू निर्वाचनलाई लिएर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू दूई सातादेखि आन्दोलनमा होमिएपछि काकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन गराउने वातावरण नभएको जनाउँदै चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको जानकारी दिएको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अर्मायादित गतिविधिका कारण निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले पत्रकार सम्मेलनमा बताए ।

अनेरास्ववियुका विद्यार्थीहरुले बिहीबार क्याम्पसको प्रवेशद्वारमा रहेको बोड जलाउनुका साथै क्याम्पस परिषरमा तोडफोर गरेका थिए । सो घटना पछि प्रहरीले घटनामा संलग्न दुई विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । विद्यालयमा थप हिंसा र क्षति हुन नदिन क्यम्पस प्रसाशनले निर्वाचन तत्काललाई स्तकन गरेको जनाएको छ । निर्वाचन गराउने नाममा विद्यार्थीहरूबीच झडपको अवस्था देखेर निर्वाचन स्थगित गरियो, क्यम्पस प्रमुख उप्रेतीले भने क्याम्पको बोर्ड जलाउने, तोडफोड र आगजनि गर्ने विद्यार्थी समुहको अगुवाई गर्ने दुई जना विद्यार्थीहरू सन्तोस धमला र सन्देस पौडेललाई तीन महिनासम्म क्याम्पसबाट निलम्बलन गर्ने र निर्वाचन तत्काललाई स्तन गर्ने निर्याय भएको पत्रकार सम्मेलनमा बताए । तोकीएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै नेविसंघ लगायतका संगठनले पत्रकार सम्मेलनमै क्यम्पस प्रशासनको चर्काे विरोधगरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु