पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण हुने

2023-03-17 मा प्रकाशित

मेचीनगर, चैत्र ३ । मेचीनगर १३ चारआली स्थित पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण आयोजना हुने भएको छ । १८ पुराण लगाउने उद्घोष गरेर हरेक वर्ष पुराण आयोजना गर्दै आएको समितिले चैत ८ देखि १६ गतेसम्म श्रीमद् भागवत् महापुराण आयोजना गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो ।

रामनवमीको अवसरपारेर आयोजना हुन लागेको महापुराणमा पं शान्तिराम नेपालको प्रमुख बाचकत्व तथा पं पुन्यप्रसाद रिजालको उपबाचकत्व रहने पुराण आयोजक समितिका  अध्यक्ष तिलक गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए । समाजमा धार्मिक जागरण ल्याउन र धामको विकास गर्न पुराण आयोजना गरिएको उनले बताए ।

पुराण सफल पार्न आयोजकले बिभिन्न १४ वटा उप–समितिहरु निर्माण गरेको छ । प्रचार प्रसार समितिले नगरका बिभिन्न ठाउँमा पुगेर प्रचारलाई व्यापक बनाएको र सबै भक्तजन महानुभावलाई पुराणमा सहभागी भइदिन अनुरोध गरिरहेको प्रचारप्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिए । पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने भएका छन् भने बिशिष्ट अतिथिका रुपमा नेपालीका कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सहभागि हुने आयोजकले जनाएको छ ।
पुराण सफल पर्न ८ देखि १० लाख खर्च हुने र पुराणमा दैनिक ३ देखि ५ हजार भक्तजनको उपस्थिती रहने आयोजकले जनाएको छ ।  पुराणमा भक्तजनले स्वेच्छिक दान गर्न सक्नुहुने पत्रकार सम्मेलनमा मार्फत मुल आयोजक समितिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु