बेथितिलाई रोक्न हाम्रो पार्टीको उम्मेदवारी रास्वपा मेचीनगर अध्यक्ष : कुँवर

2023-03-25 मा प्रकाशित

धुलाबारी,१२ चैत । आगामी चैत्र १८ गते हुन गइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एकल उम्मेदवारी दिएको रास्वपाले आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको जनाएको छ ।
धुलाबारी स्थित पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार स्म्मेलनमा उपभोक्ताले सक्षम युवा नेतृत्व खोजेकोले आफ्नो पार्टीले एकल उम्मेदवारी दिएको रास्वपाका मेचीनगर सभापति भीम कुँवरले बताए । बिभिन्न संघ संस्थाहरुमा हुनेगरेका बेथितिलाई रोक्न र कामलाई प्रभावकारी बनाउन पछिल्लो समय युवा जनशक्तिले नेतृत्व लिन थालेको र धुलाबारी खानेपानी मा समेत आफ्नो पार्टीले क्षमतावान भुईँमन्छेहरुलाई नेतृत्वमा पठाउन उम्मेदवारी दिएको बताए ।
पार्टी नगरसभापति भीम कुँवरको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार सन्तोष राजबंशीले चुनावी घोषणपत्र सार्वजिनिक गर्दै मतदाताले सक्षम र युवा नेतृत्व खोजेकोले यस पटक आफ्नो सिंगो टिमले निर्वाचित हुने दावी गरे ।
उनले आफ्नो प्रतिवद्धता पत्रमा ६ महिनादेखि ३ वर्षभित्र संस्थाको प्रगति, अनियमितता रोक्ने, पानीको श्रोत विस्तार, कर्मचारीलाई प्रोत्साहन, पाइप लाइन विस्तार, २४ सै घण्टा पानीको सुविधा,कुईक रेसपोन्स टिम, सुझाव पेटिका, खानेपानी संस्थालाई भ्रष्टचार मुक्त बनाउने लगायतका १० बुँदा उल्लेख गरेका छन् । रावबंशीले आफूहरु निर्वाचित भए खानेपानीमा धेरै खाले सुधारका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सचिव जीवन कट्टलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु