११ वर्ष पछि ठमठमी हिँडन पाउँदा फर्कियो सञ्चराजको ओठमा मुस्कान

2023-03-29 मा प्रकाशित

डम्बर बराल
मेचीनगर,१५ चैत । भद्रपुर–४ का सञ्चराज लिम्बू बुधबार जीवनमै पहिलो पटक औधी खुसी देखिए । उनको मुहारमा खुसीको सिमा थिएन । एघार वर्ष अघि पहिरोमा पुरिएर एउटा खुटट गुमाएका उनलाई झापाको बौद्धमोड स्थित ब्रमाण्ड अपाङ् तथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नारयणी सेवा संस्था उदयपुर भारतले कृत्रिम खुट्टा उपलब्ध गराएपछि उनको ११ वर्ष अघिको खुसी फर्किएको हो ।


कृत्रिम खुट्टा लगाएपछि हर्षका आँसु पुछ्दै लिम्बुले भने, ‘जीवनमा आज जुन खुसी मिल्यो त्यसलाई अभिव्यक्त गर्न सक्दिन आयोजक र दाताहरुलाई मुरीमुरी धन्यवाद ।’ लिम्बूको ११ वर्ष अघि सिक्कममा पहिरोमा पुरीता एउटा खुट्टा काटनु परेको थियो । पहिरोमा पुरिएर एउटा खुट्टा गुमेपछि अत्यन्तै कष्टपूर्ण जीवन जिइरहेको थिएँ, ‘लिम्बुले भने अव त पहिलाको जस्तै हिँड्न सक्छु होला ।’
लिम्बु मात्र होइन फिदिम नगरपालिमा १३ पाँचथरका लाखबहादुर सारु मगरको खुसी त्यो भन्दा कम थिएन । पैसा कमाएर परिवारलाई सुख दिन २०६४ सालमा साउदी पुगेका मगरको सात महिना नपुग्दै क्रेन दर्घटनामा परेर एउता खुट्टा गुमेपछि जीवनका सबै खुसी चकनाचुर भएका थिए । पहाडको बसाइ र बैशाकीको साहारामा जीउनु पर्दा पीडा बोघ गरिरहेका मगरले भने, ‘आज म धेरै खुसी छु अव बैसाकीको साहारा लिनु पर्देन ।’ बुधबार देशका बिभिन्न जिल्लाबाट ठूलो संख्यामा अपाङ्गता भएका मानिसहरुको बौद्घमोड स्कूलमा भेला भए र खुसी साटासाट गरिरहेका थिए । । उनीहरुलाई मेचीनगर २ बौद्धमोड स्थित ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारीले खुसी हुने अवसर जुराइ दियो ।
सहकारी संस्थाले नारयण सेवा संस्था भारतसँग समन्वय गरेर देशका भिन्न जिल्लामा कष्टकर जीवन बिताइरहेका अपाङ्गता भएका मानिसहरुलाई कृत्रिम हातखुट्टा वितरण गरेको हो । सहकारीले ९४ जनालाई १०८ वटा कृत्रिम हातखुट्टा वितरण गरेको सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताए । कार्यक्रमको औचित्य प्रकास पार्दै निरौलाले भने,हामी बौद्धमोडलाई देशकै कृत्रिम हातखुट्टा वितरण केन्द्रको रुपमा विकास गर्ने छौँ । उनले तत्काल आइपर्ने समस्या समाधानको लागि अपाङ्ग साहयता सामाग्री बैंक समेत स्थापन गरिएको बताए ।
सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाको सभापतित्व तथा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा आयोजित कृत्रिम हातखुट्टा वितरण कार्यक्रममा प्रमुख अतिथि रानाले आफ्ना जीवनका संघर्षका कथा सुनाउँदै अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा गर्ने यस्तो महान कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । ‘सेवालाई सिमाले छेक्दैन, म पनि यहि चारआलीको जंगलमा निगुरो टिपेर हुर्किएकी झापाली चेली हुँ ।’ उनले भनिन् ‘यहाँको हर सुख दुखसगँ म जोडिएको छु, हात नहुँदाको पिँडा, खुट्टा गुमाउनुपर्दाको छट्पटी म बुझ्न सक्छु । विपन्न र असाहयको निम्ति आफू निरन्तर लागिरहने उनको भनाई थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल हरीहर सत्संघ धार्मिक विकास संस्थाका संयोजक मुकुन्द नेपाल, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, सहयोगी संस्था नेफ इण्डिया फाउण्डेशनकी सचिव इन्दीरा शर्मा, नारायणी सेवा संस्थानका प्रतिनिधी हरीप्रसाद लद्दा लगायतले बोलेका थिए । कार्यक्रको सञ्चालन सहकारी संस्थाका सल्लाकार केशर बहादुर बस्नेतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु