पहिचानवादीले लगाए मेचीनगरमा ताला

2023-03-31 मा प्रकाशित

 मेचीनगर । शुक्रबार पहिचानवादी संघर्ष समितिले मेचीनगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले प्रदेशको नामको बिरोध गर्दै ताला लगाएका हुन् । प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै उनीहरुले मेचीनगर नगरपालिका कार्यालयको मुख्य ढोकामा ताला लगाएर विरोध जनाएका हुन् । नगरपालिकाका कर्मचारीलाई बाहिर राखेर ताला लगाएको पहिचानवादी संघर्ष समिति मेचीनगर संयोजक ओमप्रकाश खापुङलले बताएका छन् । तालाबन्दी पछि सम्बोधन गर्दै उनीहरुले पहिचानलाई समेटिने गरी प्रदेशको नाम राख्नु पर्ने बताएका छन् । प्रदेशको नाम कोशी हटाएर पहिचान सहितको नाम नराखेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु