खुकुरी प्रहारबाट मेचीनगरमा एकको हत्या

2020-07-24 मा प्रकाशित

मेचीनगर,९साउन । मेचीनगर २ मा खुकुरी प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । मेचीनगर २ स्थित भृकुटी चोकमा ब्यवसायी नारायण आचार्यको हत्या भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बाए।

खुकरी प्रहार पछि गम्भीर घाईते भएका आचार्यको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

दिउँसो करीब ३ः३० बजेतिर भृकुटी बजारमा अज्ञात ब्यक्तिले खुकुरी प्रहार गरेर फरार रहेका थिए । हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरिएको डिएसपी पोखरेलले जानकारी दिए ।

घटना किन र के कारणले घट्यो भन्ने बिषयमा आवश्यक अनुसन्धान भईरहेको डिएसपी पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु