टिकटकको माध्यमले समाजमा सचेतना जगाउँदै मेचीनगरका अमृत अधिकारी

2023-04-03 मा प्रकाशित

डम्बर बराल

मेचीनगर । पछिल्लो समय समाजमा विभिन्न किसिमका विकृति विसंगतिले जरो गाड्दै गएको छ । मान्छेले अधिकारको प्राप्ति गर्दै गर्दा आफ्नो कर्तब्य र जिम्मेवारी भने विर्सदै गएका छन् । साच्चै भन्नु पर्दा समाजले बाटो बिराउँदै गएको छ ।

समाज विच्छिप्त बन्दै गएको यस्तो विषम परिस्थितिमा केहि सचेत नागरिक बिभिन्न माध्यमबाट समाजलाई सचेत गराउँदै समाज रुपान्तरण अभियाननामा जुटन थालेका छन् । उनीहरुले आर्थिक उपार्जनलाई भन्दा पनि समाजमा कसरी सकारात्मक सोचको विकास गराउन सकिन्छ भन्ने उद्देश्यका साथ अघि बढिरहेका छन् ।

यसै मध्येका एक हुन्, मेचीनगर–५ निवासी अमृत अधिकारी, अधिकारीले यतिखेर टिकटकको माध्यमबाट समाजमा सचेतना जगाइरहेका छन् । सम्पत्तिकै कारण मानविय सम्बन्ध विग्रीदै गएको विषयलाई चित्रण गरेर २०७९ असार ७ गते पहिलो टिकटक सामाजिक सञ्जालमा पोष्ट गरेर सचेतना अभियानमा जुटेका उनले नेपाल सरकारले उपलब्ध गराएको बृद्ध भत्ता त्यसले पुर्याएको सकारात्मक प्रभाव तथा परिवारमा ल्याएको कलहलाई चित्रण गरेका छन् । त्यसैगरी छोरी बुहारी बीचको विभेद, श्रीमान् श्री मति बीचको प्रेम र कलह, बृद्धाश्रम, बैदेशिक रोजगारीमा भोग्नु परेका पीडा, सेनटरी प्याड, दाजुभाइ बीचको अंशबंडा, छोरा वा छोरी हुनुमा महिलाको दोस हुँदैन, लगायत ७० बढी टिकटक भाइरल भइसकेका छन् । मिलियन बढी दर्शकले उनको टिकटकलाई फलो गरिरहेका छन् ।

उनले बनाएका हरेक टिकटक मनोरञ्जनका लागि भन्दा जनचेतनामुलक छन् । उनको पहिलो टिकटक धनको घमण्डमा उनले मानिसले धनलाई प्राथमिकता दिँदा समाजमा गरिव र धनी बीचको खाडल गहिरिँदै गएको साथै मानिस अहंकारी र स्वार्थी बनिरहेको चित्रण गरेका छन् । उनले यसमा रगतको नाता भन्दा मानविय तथा भावनात्मक सम्बन्धलाई प्राथमिकता दिएका छन् । उनको दोस्रो टिकटले जेष्ठ नागरिकको भक्तामा परिवारका सदस्यले पुर्याएको कुदृष्टिलाई हटाउने काम गरेका छन् । जेष्ठ नागरिकले भत्ता थापेपनि उनीहरुले प्रयोग गर्न नपाएको र परिवारका अन्य सदस्यले लग्ने गरेको घट्नालाई उठाएका छन् ।

@amritadhikari902

#fyp #nepalitiktok #foryoupage #amritadhikari902 @kirankhanal39 @Deepa giri @🅳︎🅸︎🅻︎🅻︎🅸︎ 🆁︎🅰︎🅼︎ @Dev dhungana @Aayushmaa💗

♬ original sound – Amrit Adhikari902

त्यसैगरी, बृद्धाश्रममा आफनो बाबु आमालाई जीवनको अन्तिम घडीमा अर्थात स्याहार सुसारको आवश्यक्ता पर्ने समयमा घरबाट हटाएर बृद्धाश्रम लगिएका पीडादायी घट्नालाई चित्रण गरेका छन् । उनले बनाएका हरेक टिकटकले समाजमा सकारात्मक संदेश दिइरहेका छन् ।

समाजमा बिकृति मौलाउँदै गएको छ, अधिकारीले भने, ‘यस किसिमका विकृतिले समाजलाई बर्वादीतर्फ धकेल्दै छ । त्यसैले मैले टिकटकको माध्यमबाट सचेतना जगाउने प्रयास गरिरहेको छु ।’ मानिसले आफ्नो जिम्मेवारी र कर्तब्य विर्सिएका कारण समस्या बढ्न थालेको उनको भनाइ छ ।

विशेषगरी कोभिड पछि नेपालमा मौलाएको एप टिकटक धेरैलाई आफ्नो प्रतिभादेखाउने भरपर्दाे माध्यम बनेको छ । तर टिकटकको सहि सदुपयोग नहुँदा यसको नकारात्मक प्रभाव समेत समाजमा देखा पर्न थालेको छ । मानिसले आफू भाइरल हुनैको लागि टिकटक लगायत सामाजिक सञ्जालमा अश्लिल भिडियो पोष्ट हुने गरेका छन् । यस किसिमका विकृतिलाई समेत चिर्दै अधिकारीले समाजलाई सहि बाटोमा डोर्याउने प्रयास गरिरहेका छन् । उनको यो अभियानमा लाखौ अभियान्ता जोडिनेक्रम बढ्दो छ ।

२०३४ सालमा मेचीनगर ५ मा बुबा विरबहादुर अधिकारी र आमा कृष्णकुमारी अधिकारीको कोखबाट जन्मिएका ४५ वर्षिय अधिकारी बैदेशीक रोजगारीमा ७ वर्ष विताएर १ वर्ष अघि नेपाल फर्किए । बैदेशिक रोजगारीमा रहँदा भोगेका पीडालाई समेत उनले टिकटकमा महत्वका साथ उठाएका छन् । पछिल्लो समय उनी आर्थिक उपार्जनको लागि विदेश नजार र आफनै भूमिमा मेहनत गर्न सुझाव दिँदै आएका छन् । उनका बुबा बीरबहादरको समेत पुरै जीवन समाजसेवाकै बित्यो । सानै उमेरदेखि जडिबुटी औषधि बनाएर निशुल्क रुपमा विरामीको सेवामा निरन्तर सक्रिय रहदै आएका बीरबहादुरले १०३ वर्षको उमेरमा एक वर्ष अघि यो धर्तिबाट विदा लिएका थिए । सामाजिक र स्वास्थ्य क्षेत्रमै बुवाको पुरै जीवन बित्यो अधिकारीले भने, ‘टिकटकको माध्यमबाट म समाजलाई बाटो देखाउन निरन्तर लाग्ने छु ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु