एकल विद्यालयको ५ दिवशीय अध्यास प्रशिक्षण वर्ग झापाको अर्जुनधारामा सुरु

2023-04-05 मा प्रकाशित

झापा । जनकल्याण प्रतिष्ठान नेपालद्वारा सञ्चालित एकल विद्यालयको अभ्याश प्रशिक्षण वर्ग झापाको अर्जुनधारामा सुरु भएको छ ।
अर्जुनधारा ६ स्थित ग्रामिण वालविकास केन्द्रमा आयोजित पाँच दिवशीय प्रशिक्षण वर्गमा झापा,इलाम, मोरङ जिल्लाबाट ४५ वटा एकल विद्यालयका केन्द्र प्रमुख (आचार्य )हरुले सहभागिता जनाएका छन् ।
समाजमा संस्कार मुलक शिक्षा दिने उद्देश्यले २०५३ सालमा धादिङ जिल्लाको एउटा गाउँबाट सुरु भएको एकल विद्यालय अभियान हाल देशको ४५ जिल्लाको ५सय गाउँमा सञ्चालन भइरहेको एकल विद्यालयका राष्ट्रिय गतिविधि प्रमुख अमरेन्द्र ठाकुरले बताए ।


होमनाथ ढुंगेको सभापतित्व तथा अर्जुनधारा नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यता रहेको उद्घाटन् कार्यक्रममामा प्रमुख अतिथि बाँस्तोलाले संस्कार मुलक समाज निर्माणमा एकल विद्यालयले पुर्याएको योगदानको चर्चा गरे । समाजमा आचरण संस्कार र अनुसाशन हराउँदै गएको छ । प्रमुख अतिथि बाँस्तोलाले भने, ‘ समाजलाई सहिबाटोमा डोर्याउन एकल विद्यालय प्रभावकारी माध्यम बन्ने छ ।’ संस्कार युक्त समाज निर्माण नभए देशले संमृद्धि हासिल गर्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा एकल विद्यालयका कोशी प्रदेश उपाध्यक्ष सोमनाथ सुवेदीले एकल विद्यालय अभियान र सांगाठानिक गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा एकल विद्यालयकी राष्ट्रिय प्रशिक्षण प्रमुख रितु लामा, प्रदेश प्रमुख योगमाया न्यौपाने, इलाम जिल्ला प्रमुख इन्द्र दाहाल, झापा जिल्लाका संचप्रमखुहरु पिताम्बर बराल, शोभाआले मगर, छत्रवती राजवंशी, चाहाना लिम्बु, माया मैनाली, जिल्ला समितिका पदाधिकारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । सिता कार्की बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला प्रमुख खिनामाया फुयालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु