नेपाल कृषि श्रमिक संघ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा : काफ्ले

2023-04-06 मा प्रकाशित

धुलाबारी । नेपाल कृषि श्रमिक संघ जिल्ला कार्यसमिति झापाको अधिवेशन सम्पन्न भएको छ । धुलाबारी स्थित नेपाली काँग्रेस क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः दीपक काफ्लेलाई सर्वसम्मत चयन गरेको छ ।


समितिको उपाध्यक्षमा सूर्य अधिकारी, महिला उपाध्यक्षमा विमला बस्नेत, सचिवमा मणिकुमार आचार्य, सह सचिवमा इन्दिरा मिश्र, कोषाध्यक्षमा हेमलाल गुरागाईँ सर्वसम्मत चयन भएका छन् । त्यसै गरी समितिको सदस्यहरुमा उमाकान्त रिजाल, लिला पराजुली, नगेन्द्र प्रसाद ढकाल, जितबहादुर बढाथोकी,र माधव काफ्ले रहेका छन् ।
त्यसैगरी अधिवेशनले दुर्गा प्रसाद सापकोटा, गंगा प्रसाद ओडारी, उर्मिला ढकाल, एकराज बजगाईँ र चन्द्र प्रसाद गुरागाईँलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
श्रमिक संघ झापाका अध्यक्ष दीपक काफ्लेको सभापतित्व तथा नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद विश्वप्रकास शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शर्माले व्यवसायिक र बैज्ञानिक कृषि प्रणाली आजको आवश्यक्त भएको बताए । देशलाई कृषिमा आत्मनिर्भर बनाउ आम किसान हातेमालो गरेर अघिबढ्नु पर्ने बताए । देशलाई समृद्धि तर्फ अघि बढाउन कृषिमा आत्मनिर्भर हुनुको विकल्प नरहेको उनको भनाइ थियो । उनले कृषि क्षेत्रमा देखिएका समस्या समाधानमा सरकाले प्याकेजमा कार्यक्रम ल्याउने बताए । आयातलाई प्रतिष्थापन गर्नेगरी उत्पादन बढाउन सुभाए ।


कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति देउमान थेवे, प्रदेश सदस्य बिमल आचार्य लगायतले बोलेका थिए ।
कर्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला उपाध्यक्ष गंगाराम ओडारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु