सम्मान कायम राख्न विजयी उम्मेदवारलाई महामन्त्री शर्माको आग्रह

2023-04-07 मा प्रकाशित

धुलावारी। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सेवाग्राहीलाई मुस्कान दिने सेवा गर्न आग्रह गरेका छन् ।

शुक्रवार पार्टीको समर्थनमा क्षेत्र नं १ अन्तर्गत गाउँ, नगर, प्रदेश एवम् क्षेत्रबाट विभिन्न संघरसंस्थामा विजयी भएका उम्मेदवार तथा पार्टी पदाधिकारी एवम् प्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै शर्माले अब मुस्कानसहितको हैन मुस्कान दिने किसिमको सेवा प्रवाहको अपेक्षा जनस्थरबाट भएको बताए ।

प्रमुख अतिथि शर्माले अहिले प्राप्त भएको सम्मानलाई आफ्नो कार्यकालको अन्तिम घडीसम्म कायम राख्न आग्रह गरे। ुपार्टीको संघीय प्रतिनिधिको हैसियतले मैले ५ वर्षमा गर्ने कामको प्रगती विविरण म अन्त्यमा पेश गर्नेछु, शर्माले भने( तपाईं विजयी साथीहरुले पनि आफ्नो कार्यकाल सकिंदै गर्दा आफुले गरेका कामको प्रगति विवरण पेश गर्नुहोला ।ु

नेपाली काँग्रेसको समर्थनमा पछिल्लो समय क्षेत्र नं १ अन्तर्गत रहेका महत्वपूर्ण संघरसंस्थामा नेतृत्व हासिल गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।

हालै सम्पन्न निर्वाचनमा पार्टीको समर्थनमा काँग्रेसका उम्मेदवारहरु धुलावारी खानेपानी, मागुरमाडी, तेलपानी लगायतका सामुदायिक बन, नेपाल रेडक्रस सोसाइटी मेचीनगर, दुवागढी, वाहुण्डाँगी उपशाखा, सिद्दी नहर सिँचाइ आयोजना, काँकरभिट्टा तथा त्रिदेव क्याम्पस को स्ववियु, नेपाल शिक्षक संघ जिल्ला तथा प्रदेश समिती, नेपाल प्रेस युनियन, महिला उद्धमी संघ केन्द्रीय समिति जस्ता प्रतिस्ठित संघरसंस्थाको नेतृत्व तथा महत्व जिम्मेवारी प्राप्त गरेको थियो ।

सो अवसरमा पार्टीका महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, नगर तथा गाउँ कार्यसमितिका प्रमुख, पदाधिकारीको सहभागिता रहेको थियो।
अतिथि सदन धुलावारीमा सम्पन्न कार्यक्रममा अध्यक्षता क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, स्वागत नगर सभापति सुदय पनेरु र संचालन क्षेत्रीय समिती सचिव सुरेन्द्र बुढाथोकीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु