पत्रकार पारस तिम्सिनाको निधन

2023-04-10 मा प्रकाशित

झापा, २७ चैत । पत्रकार पारस तिम्सिनाको आज निधन भएको छ ।

विर्तामोड वडा नं. ३ निवासी ३५ वर्षीय तिम्सिना केही दिन अघि लडेर टाउकामा रगत जमेपछि सख्त विरामी हुनुहुन्थ्यो ।

उपचारको क्रममा विर्तासिटी हस्पिटलमा उहाँको आज अपरान्ह निधन भएको हो ।

उहाँको एक छोरा राजन तिम्सिना १४ वर्षका छन् । विर्तासिटी हस्पिटलका चिकित्सकहरुले उहाँको टाउकाको विभिन्न भागमा रगत जमेको बताएका थिए ।

केही दिन अघि लडेर घाइते भएका तिम्सिना आज विहान एक्कासी वेहोस भए पछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

हितैषी र निडर स्वाभावका धनी पत्रकार तिम्सिना मुलुकमा माओबादी आन्दोलन चलिरहेका बेला भूमिगत रुपमा समेत पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु