प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी प्रशिक्षण

2023-04-11 मा प्रकाशित

मेचीनगर, २८ चैत । मेचीनगरका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले गरेका थिए ।

प्रेस क्लव मेचीनगरका अध्यक्ष  डम्बर बरालको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले पत्रकारलाई फरक समाचार लेख्नुपर्ने चुनौती थपिएको बताए । सामाजिक सञ्जालको प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जाँदा त्यसैको भरमा दृष्टिकोण बनाउने अभ्यास सुरु भएको छ । बुढाथोकीले भने, ‘समाजिक सञ्जालमा आएका धेरै कुरमा विश्वस्नीयता हुँदैनन् पत्रकारले त्यसलाई चिरेर फरक ढंगले विश्वस्नीय समाचार संप्रेसण गर्न सक्नु पर्छ ।’ समाज बदल्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।

कार्यक्रममा  झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उपमेयर मीना पोखरेल उप्रेती, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तालिमको सहजीबरण गर्दै प्रशिक्षक कान्तिपुर दैनिक पत्रिकाका उपसम्पादक घनश्याम खड्काले पत्रकारिता हतारको साहित्य नभएको बताए । उनले सत्यतथ्य र प्रमाणित विषयहरुलाई समाजमा स्पष्ट रुपमा पस्कीन पत्रकारहरुले डराउन नहुने बताए ।

तालिमका अर्का प्रशिक्षक दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्यायले पत्रकारहरुले पत्रिका मात्र पढ्ने होइन, कितावहरुसमेत पढ्नु पर्नेमा जोड दिएका थिए । ‘हामीले लेखेका कन्टेन्टहरु भन्दा कमेन्टहरु राम्रा हुन्छन्’, उपाध्यायले भने(‘हामीले गरेका केहि कमी कमजोरीलाई आत्मालोचनासहित नयाँ सामाग्री पस्कीनु पदर्छ ।’

मेची उद्योग वाणिज्य संघको सहकार्य तथा बिभिन्न संघ संस्थाको सहयोगमा आयोजित तालिममा मेचीनगरका क्रियाशिल पत्रकार, बुद्धशान्ति प्रेस क्लव, अर्जनधारा प्रेस क्लब, सुरुङगा प्रेस क्लव, प्रेस क्लव झिलझिले , हल्दीबारी, दमक, केचना लगायत जिल्लाका क्रियाशिल पत्रकार तथा सिलगडी प्रेस क्लब गरी ५० बढी पत्रकारहरुले सहभागिता जनाएका थिए ।

तालिमपछि आयोजित समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल, सहभागीकातर्फबाट माया मितु न्यौपाने तथा भारत सिलीगुडीका पत्रकार प्रशान्त आचार्यलगायतले बोलेका थिए । क्लवका उपाध्यक्ष जी आर धितालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देवु बाँनियाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु