प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुग्यो, आजै थपिए २१ जना

2020-07-28 मा प्रकाशित

झापा,१३ साउन । प्रदेश १ मा मंगलबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा मोरङका १७, झापाका ३ र ओखलढुङ्गाका १ जनामा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला संक्रमित पुष्टि भएको छ भने झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष संक्रमण भएको पुष्टि भएको छ ।
यस्तै, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हाल सम्म कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु