‘हात्ती हाम्रो साथी’अभियान थाल्नु पर्छ : पर्यटन अभियान्ता राजवशु

2023-04-13 मा प्रकाशित

मेचीनगर ।  भारतीय पर्यटन अभियान्ता सुप्रितम राजवशुले हात्ती हाम्रो साथी अभियान थाल्नु पर्ने बताएका छन् ।
जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजना गरेको मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीनदिने तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजवशुले सो कुरा बताएका हुन् ।
हात्तीलाई शत्रु ठानेर खेदाउँन खोज्दा धेरैको जीवन समाप्त भयो कयौँ परिवार अंगभंग भएको छ । उनले भने, ‘अव हामीले फरक ढंगले सोच्नु पर्छ ।’ हात्ती आउँदा सिंगो समाज खेदाउन जान्छ हात्तीले पुर्याउने क्षति भन्दा मासिले पुर्याउने क्षति बढी हुने गरेको छ । मुडभेटमा मानिसको ज्यान समेत जानसक्छ ।’ रेडिप रेस्पोन टिमले अव हात्ती निगरानी र समाजमा सुरक्षा दिने उनको भनाई थियो ।
राजवशुले मानव हात्ती मैत्री समाज निर्माण गर्न सके बाहुनडाँगी बासीको जीवनमा ठूलो परिवर्तन आउने र आर्थिक, सामाजिक सुधार भई बालमनो विज्ञानमा समेत सकारात्मक प्रभाव पर्ने दावी गरे ।
कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष एवम् वर्दिया निकुन्जका पूर्व वाडेन रमेश थापा, दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्याय, मानवअधिकार पत्रकार मञ्चका अध्यक्ष घनश्याम खड्का, नेकपा एमाले मेचीनगर–४ का अध्यक्ष तिर्थराज नेपाल, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्का, समाजसेवी सागर शिवाकोटी, सशस्त्र प्रहरी काँकरभिट्टा वीओपीका प्रमुख डीएसपी निर्मल थापा लगायतले मानव र हात्तीबीचको द्वन्द, समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।
शुक्रबारसम्म चल्ने तालिमको सहजिकरण उज्यालो नेपालका अध्यक्ष थापा लगायतले गरिरहकेका छन् । तालिमको सहआयोजकका रुपमा विश्व वन्यजन्तु कोष नेपाल(डब्लुडब्लुएफ) रहेको छ ।

ग्रिन जेनेरेशन झापाका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले र सञ्चालन सचिव मञ्जील देवानले गरेका थिए ।
प्रशिक्षमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, बाहुनडाँगीका युवा तथा र्यापीड रेस्पोन्ट टिमका नेपाल तथा भारतका प्रतिनिधिहरु सहभागिता जनाएका छन्

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु