‘मानव र हात्तीवीच सहअस्तित्व कायम गर्नुको विकल्प छैन’

2023-04-14 मा प्रकाशित

मेचीनगर । मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजित मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ ।
ग्रीन जेनेरेशन झापाले आयोजना गरेको सो तालिममा र्यापिड रेस्पोन्स टिमका सदस्य, सशस्त्र र नेपाल प्रहरी तथा बाहुनडाँगीका स्थानीयले सहभागिता जनाएका थिए ।
प्रशिक्षमा मानिस र हात्तीबीचको द्वन्द घटाउँदै दुबै पक्षको सह अस्तित्व कायम गरेर अघिबढनुपर्ने कुरामा प्रशिक्षक तथा बक्ताहरुले जोड दिएका थिए ।


तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मानिसले पृथ्वीकासबै क्षेत्रमा अधिकार जमाउँदा जंगली जनावर र पंक्षीको अस्तित्व संकटमा पर्दै गएको बताए । आवादीदेखि जंगलसम्म मानिसले कब्जा जमाएको छ । बुढाथोकीले भने,‘जंगलमा बस्ने जनावार ले त्यहाँ सुरक्षित बस्न र खान पाइरहेका छैनन् त्यसैले उनीहरु मानव बस्तीमा आउँदा अप्रिय घट्ना हुन थाल्यो ।’
मानिसले जंगली जनावरको अस्तित्व सुईकार गर्न नसक्दा जंगली जनावर र मानिस दुवै पक्षलाई क्षति भइरहेको उनको भनाइ थियो । वर्षाैदेखि मानिस र हात्ती बीच द्धन्द छ । नत हात्तीले जित्यो नत मान्छेलेनै उनले भने, त्यसैले अव हात्तीको अस्तित्वलाई स्वीकारगरेर मिलेर बस्नुको विकल्प छैन ।
सो अवसरमा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले मानिसले हात्तीको अस्तित्व स्वीकार गर्न नसक्दा बाहुनडाँगीले ठूलो क्षति व्यहोनु परेको बताए ।
हात्तीलाई सत्रु ठानेर खेदाउन सिंगो गाउँ घरबाट निस्कदा अन्नबालिको क्षति धेरै भइरहेको छ । कार्कीे भने,‘अव हात्ती आउँदा कोहि घरबाट निस्कने छैन र्यापिड रेस्पोन्स टिमले अव हात्तीबाट हुने जोखिमलाई घटाउँछ र समाजलाई सरक्षा दिन्छ । उनले बाली बीमा कार्यक्रम सुरु भएपछि मानव हात्ती बीचको द्धन्द समाधान हने दावी गरे ।
उज्यालो नेपालका अध्यक्ष एवम् वर्दिया निकुन्जका पूर्व वाडेन रमेश थापाले बाहुनडाँगी वासीको समस्यालाई बुझेर बालि बिमा कार्यक्रमलाई प्राथमिकता दिन आफू झापा आएको बताए । उज्यालो नेपालले ५० जना र्यापीड रेस्पोन्स टिमको जीवन बिमा गरिदिएको बताए ।
तीन दिन सम्म चलेको प्रशिक्षणमा उज्यालो नेपालका अध्यक्ष एवम् वर्दिया निकुन्जका पूर्व वाडेन रमेश थापा, दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्याय, मानवअधिकार पत्रकार मञ्चका अध्यक्ष घनश्याम खड्का लगायतले प्रशिक्षण दिएका थिए । तालिमको सहआयोजकका रुपमा विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ) रहेको छ ।
ग्रिन जेनेरेशन झापाका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मञ्जील देवानले गरेका थिए ।
प्रशिक्षमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, बाहुनडाँगीका युवा तथा र्यापीड रेस्पोन्ट टिमका नेपाल तथा भारतका प्रतिनिधिहरु सहभागिता जनाएका छन्  । समापन कार्यक्रममा सहभागी मानव हात्ती सह अस्तित्वको टिम र सशस्त्र प्रहरी तथा बिभिन्न संघ संस्थालाई ब्याग, भेष्टर टर्च वितरण गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु