धुलाबारीमा भोलिदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने

2023-04-18 मा प्रकाशित

धुलाबारी । मेचीनगर– १० स्थित धुलाबारीमा बुधबारदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने भएको छ ।
धुलाबारी फुटसल एरिनाको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । बैशाक ६ गते सुरु भएर ९ गते सम्पन्न हुने प्रतियोगितामा मेचीनगरका १० वटा टिमले भाग लिने पत्रकार सम्मेलनका संयोजक विवेक बस्नेतले बताए ।
फुटसल खेल तर्फ युवाहरुको आकर्षण बढ्दो छ, संयोजक बस्नेतले भने, ‘हामी खेलको माध्यमले युवाहरुको क्षमता विकास गर्ने अभियानमा छौं ।’
भोलिको खेल मेचीनगर –६ र मेचीनगर –१४ बीच हुने आयोजक समितिका विनय कार्कीले बताए । प्रतियोगितामा ५ लाख २५ हजार खर्चहुने अनुमान आयोजकले गरेको छ ।
मेचीनगर १० का वडासदस्य तथा हलेसी मेडिकलहलका सञ्चालक सोम ओझाको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार महासंघ झापाका अध्यक्ष हिमाल खरेल, समाजसेवी विकास खड्का लगायतको अतिथ्यता रेको थियो । प्रतियोगिताको सहआयोजक हलेसी मेडिकल हल रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु