सरकारी विद्यालयले शुल्क असुलेको भन्दै नेविसंघ झापाले गर्याे विरोध

2023-04-18 मा प्रकाशित

बिर्तामोड । निशुल्क पठन पाउने अधिकारलाई कुन्ठित गर्दै सरकारी विद्यालयहरुले बिभिन्न बाहानामा शुल्क अशुल्न थालेको भन्दै नेपाल विद्यार्थी संघले त्यसको विरोध जनाएको छ ।
संघले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर शुल्कलिने काम तत्काल बन्दगरी विद्यार्थीलाई निःशुल्क रुपमा गुणस्तरीय शिक्षा दिन आग्रह गरेको हो । सरकारले कक्षा १२ सम्मलार्ई निःशुल्क शिक्षा भनेको छ । ‘नेविसंध झापाका अध्यक्ष सञ्जय निरौलाले भने,‘ विद्यालयहरुले अंग्रेजी माध्यम र गुणस्तरीय क्षिक्षाको बहानागरेर विद्यार्थीसँग चर्काे शुल्क असुली रहेका छन् यो तत्काल बन्द गर्नु पर्छ ।’ गुणस्तरीय क्षिाक्षा दिने नाममा सरकारी विद्यालयमा विद्यार्थीलाई बिभेद गरिएको छ । यो गलत भयो । नगरशिक्षा शाखाले यस विषयमा गम्भीरता नदेखाए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने आयोजकले जनाएको छ । नेविसंघले संस्थागत विद्यालयहरुलाई समेत शुल्क नबढाउन अनुरोध गर्दै पुस्तक खरिदमा स्टेशनरी व्यवसायीहरुले विद्यार्थीलाई केही प्रतिशत छुट दिनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु