खेलकुद पत्रकार मञ्चको अध्यक्षमा इन्द्रजित

2023-04-22 मा प्रकाशित

झापा, ९ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया सर्वसम्मत चयन भएका छन् ।

शनिवार बिर्तामोडमा भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशक अघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् । आँगन एफएमका प्रवन्ध निर्देशक समेत रहेका मुखियाको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि खेलकुद पत्रकार मञ्चको नेतृत्व छानिएको छ ।

मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चीरञ्जीवि घिमिरे छन् । ब्लाष्टकर्मी आचार्य झापाका पुराना पत्रकार हुन् । घिमिरे नयाँ पत्रिका दैनिकमा आवद्ध छन् । सहसचिवमा भूमिका सुब्वा र कोषाध्यक्षमा प्रकाश बानियाँलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला छन् ।
निर्वाचन समिति संयोजक भगीरथ आले मामाले पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जीनाजंग कार्कीले अधिवेशन उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी९प्रसान्त०, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रज्वल ओली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापा जिल्ला उसु संघका अध्यक्ष राजेन्द्र घिमिरे, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि अध्यक्ष खरेलको नेतृत्वमा रहेको खेलकुद पत्रकार मञ्चले जिल्लामा आफ्नो उपस्थिति र भूमिकालाई निकै प्रभावकारी बनाएका थिए । झापामा आयोजना गरिएका साना ठूला प्रतियोगितामा मञ्चको समन्वय र सहभागिता रहेको थियो ।
मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै स्पोटर्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

खेल क्षेत्रको सर्वाधिक लोकप्रिय र धनराशि पुरस्कारसहितको स्पोटर्स अवार्डमार्फत पदक प्राप्त खेलाडी तथा अफिसियललाई मञ्चले सम्मान गर्दै आएको छ । मञ्च झापाले यसअघि चारवटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ । पाँचौँ झापा स्पोटर्स अवार्ड नवनिर्वाचित समितिले मिति घोषणा गरेर आयोजना गर्नेछ ।

मञ्चका अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा सम्पक्क कार्यक्रमको स्वागत उपाध्यक्ष अमित खम्बूले र सञ्चालन एवम् सांगठानिक प्रतिवेदन सचिव अर्जुन राजवंशीले प्रस्तुत गरेका थिए । त्यसैगरी बन्द सत्रमा कोषाध्यक्ष राजु पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु