मेचीनगरमा तीन दिनमाा ५२ जनाको कोरोना भाइरसको एन्टीबडी परीक्षण

2020-04-20 मा प्रकाशित

लक्ष्मी उप्रेती

मेचीनगर/नेपालका विभिन्न जिल्लामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै र धमाधम संक्रमित फेला पर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे छ ।

छिमेकी मुलुक भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित तथा मानिसको मृत्यु संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको मेचीनगर नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोेली परिचालन गरेर घरदैलो अभियान शुरु गरेको थियोे ।

नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा शुक्रबारदेखि शुुुरु घरदैलो अभियान अन्तर्र्गत मेचीनगरका विभिन्न वडामा पुगेर टोलीले विदेशबाट आएर होम क्वारेन्टाईन तथा स्थानीय सरकारले सञ्चालनमा ल्याएको क्वारेन्टाईनमा बसेका २ महिलासहित ५२ जनाको कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरेकोे शाखा संयोजक शशीकला राईले बताउनुभयो ।

आइतबार आज टोेलीले २ महिलासहित १४ जनाको एन्टीबडी परीक्षण गरेको थियो । संयोजक राईका अनुसार मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आदर्श माध्यमिक विद्यालय आयावारीको क्वारेन्टाइनमा रहेका चारजनाको भाइरसको एन्टीबडी परीक्षण गरेको थियो भने वडानम्बर २ र ३ मा तीन÷तीन तथा वडानम्बर ५ मा चारजनामा कोरोना भाइरसको एन्टीबडी परीक्षण गरेको थियो । टोेलीले पहिलो दिन २४ तथा दोेस्रो दिन १४ जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको थियो ।

विदेशबाट आएको १५ देखि २७ दिनभित्रमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरेको परीक्षणको रिपोट विश्वशनीय हुने संयोजक राईको भनाई छ ।

स्वास्थ्यकर्मीको टोलीले विदेशबाट आएर होम क्वारेन्टाईन तथा स्थानीय सरकारले सञ्चालनमा ल्याएको क्वारेन्टाईनमा बसेका बाहेक प्रहरी हिरासतमा रहेकाहरुको समेत र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको थियो ।

ल्याब टेक्निसियन टीकाराम ढकाल, ल्याब असिष्टेन्ट अनिमा राजवंशीसहितको प्राविधिक टोलीले रगतबाट गरेको उक्त परीक्षणको रिपोट आधिकारीकरुपमा स्वास्थ्य कार्यालय झापाले दिने संंयोजक राईकोे भनाई छ । समाचार स्रोतका अनुसार ५२ जनाको र्यापिड टेस्ट गर्दा एन्टीबडी नेगेटिभ आएको छ ।

शाखा संयोजक राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले नगरका विभिन्न वडामा पुगेर घरदैलो अभियानलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।

भारतमा संक्रमित र मृत्युहुनेको संख्या दैनिक बढ्दै गएपछि नगरपालिकाले नेपालसँग सीमा जोडिएको नगरका विभिन्न वडाका घर घर पुगेर घरदैलो अभियान अन्तर्गत र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरसको एन्टीबडी परीक्षण शुरु गरिएको र यसलार्ई निरन्तरता दिने नगर प्रमुख विमल आचार्यले बताउनुभयो । समुदायमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि यस्तो अभियान चलाइएको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार विभिन्न निकायका स्वास्थ्यकर्मीको टोली विभिन्न समूहमा बाँडिएर र्यापिड परीक्षण गरिरहेको छ । उनका अनुसार र्यापिड परीक्षण गरिसकेपछि रिपोर्टको आधारमा रणनीति बनाइने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु