विविध कार्यक्रम सहित मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह सम्पन्न

2023-04-28 मा प्रकाशित

मेचीनगर । मेचीनगर लेडी जेसीजले शुक्रबार क्यान्सर सम्वन्धी सचतना जगाउँदै जेसीज सप्ताह कार्यक्रम सम्पन्न गरेको छ ।
चैत २५ गतेबाट सुरु भएको जेसीज सप्ताह अभियान आज सम्पन्न भएको हो । मेचीनगर लेडीजेसीज वर्ष २०२३ की अध्यक्ष जेसी रश्मी थापाको सभापतित्व तथा साहयक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न सचेतना कार्यक्रममा सहभागिहरुलाई नोवेल मेडिकल कलेजका क्यान्सररोग विशेषज्ञ डा.प्रदिप भण्डारी, डा.ज्योती ओझा, नेपाल क्यान्सर सर्भाइवर सोसाइटिकी अध्यक्ष प्रमिला खनाल, सचिव प्रमिला केसी लगायतले क्यान्सर रोगबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराएका थिए । क्यान्सर रोग भयावह बन्दै गएको बताउँदै यसबाट बच्न खानपानमा ध्यान दिनु पर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहयक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जेसीज समाज रुपान्तरणको भरपर्दाै माध्यम भएको बताए । व्याक्तिको नेतृत्व तथा क्षमता विकासको लागि जेसीजले युवाहरुलाई संगठित गरिरहेको छ । उनले भने, ‘बिभिन्न किसिमका बिकृतिले समाज आक्रान्त छ । त्यसलाई निरुत्साहित गर्न र समाज बदल्न गाउँ केन्द्रित कार्यक्रम थाल्नु होस ।’
अपराध नियन्त्रण गर्न र समाजलाई सहिबाटोमा डोर्याउनको हरेक सचेत नागरिकले भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा मेचीनगर –७ का वडाध्यक्ष प्रलादमणि ओली, जेसीज पूर्व अध्यक्ष समाजकी अध्यक्ष टिका सुवेदी, सशस्त्र प्रहरी काँकरभिट्टाका डिएसपी निर्मल थापा, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले बोलेका थिए ।
चैत्र २५ गते निशुल्क आँखा शिविर तथा पाठेघरको निशुल्क जाँच अभियानबाट सुरु भएको जेसीज सप्ताहमा मेचीनगर लेडीजेसीजले २९ गते शुभकामना आदान प्रदान, बैशाख ५ गते योगशिविर तथा बृक्षा रोपण कार्यक्रम आयोजना गरेको थियो भने ९ गते भारतको पानी टेङ्कीमा मानव बचविखन विरुद्ध अन्तरक्रिया आयोजना गर्नुका साथै माक्स वितरण र सोही दिन काँकरभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न गर्नुका साथै १३ गते जीवन बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको मेचीनगर लेडी जेसीज २०२३ की महासचिव सविता पोख्रेलले जानकारी दिइन् । कार्यक्रममा विर्तामोड लेडीजेसीजकी अध्यक्ष, मेचीनगरलेडी जेसीजकी पूर्व अध्यक्षहरु सुनिता पनेरु, मञ्जु खनाल, शोभा श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीज आस्ता वाचन गुञ्जना आचार्यले, स्वागत उपाध्यक्ष सकुन्तला ढकालले र सञ्चालन महासचिव सविता पोख्रेलले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु