पत्रकार अम्बिका भण्डारीसहित चार जनालाई प्रदेश पत्रकारिता पुरस्कार

2023-05-07 मा प्रकाशित

मेचीनगर । कोशी प्रदेश सरकारले झापाली पत्रकार अम्बिका भण्डारी सहित चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।

प्रदेश सरकारले इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा झापाकी अम्बिका भण्डारी, सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) इलामका सटेन्द्रकुमार जबेगु र सोमनाथ अधिकारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार प्रदान गरे । पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु