तीन महिला पत्रकारले पुरा गरे, विभेद बिरुद्धको मेची–महाकाली साइकल यात्रा

2023-05-10 मा प्रकाशित

मेचीनगर । समाजमा घट्ने गरेका सबैखाले विभेद बिरुद्ध सचेतना जगाउँदै बैशाख ६ महेन्द्रनगरको गड्डाचौकीबाट सुरु भएको तीन महिला पत्रकारहरुको साइकल यात्रा मंगलबार पुरा भएको छ ।
एक हजार २८ किलोमिटर यात्रा दैनिक ५१ किलोमिटरका दरले उनीहरुले २० दिनमा पुरा गरेका हुन् ।
जातीय, क्षेत्रीय, लैंगिक लगायत बिभिन्न किसिमका हिंसालाई न्यूनिकरण गर्न सचेतना जगाउँदै बैशाख ६ गतेबाट रेडियो नेपालमा कार्यरत बुटवलकी रिता बुढाथोकी , नवलपरासीकि सगिता नेपाली र अर्धखाँचीकी इन्दिरा बिश्वकर्माले महाकालीबाट यात्रा सुरु गरेका थिए । तीनै जना रास्ट्रिय दलित पत्रकार संघमा आवद्ध छन् ।
साइकल यात्रीहरुलाई मेची–महाकाली साइकल यात्रा गर्ने पहिलो पत्रकार मुक्ति पौडेल, नेपाल प्रेस युनियनका कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, कान्तिपुर दैनिकका उप–सम्पादक पर्वत पोर्तेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, रातोपोस्ट मिडियाका सम्पादक दिलिप थापा, होटल ब्यवसायी अर्जुन सुब्बा, स्थानीय समाजसेवी बाबूराम किके र काशीनाथ पौडेललगायतले स्वागत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु