पत्रकार ज्ञानेन्द्र निरौलालाई दिएको धम्की प्रति प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण

2023-05-10 मा प्रकाशित

मेचीनगर । समाचार लेखेको विषयलाई लिएर पत्रकार ज्ञानेन्द्र निरौलालाई दिएको धम्की प्रति प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको छ ।
भद्रपुर–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए)का अध्यक्ष ज्ञानेन्द्र कटुवालले प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलालाई सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा पेशाप्रति हतोत्साहित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको घटनाप्रति प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्लबका सचिव देबु बानियाँले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानूनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र सञ्चारमाध्यमको नामै किटान गरेर धम्क्याउँदै हतोत्साहित बनाउने कार्य प्रेस स्वतन्त्रता विरोधी भएको विज्ञप्तिमा उल्लेख गरेका छन ।
क्लबले यस्ता कार्य आगामी दिनमा नदोहोर्याउन सचेत गराउँदै त्यस्तो कार्यमा संलग्नलाई कानूनी कार्वाहीको दायरामा ल्याउन माग गरेको छ ।
पुहाँतु माविका केही शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच विवाद चुलिएको छ । सोही विषयमा पत्रकार ज्ञानेन्द्र निरौलाले सेतोपत्र अनलाइनमा समाचार लेखेका थिए । पत्रकारलाई दिएको धम्की प्रति आपति जनाउँदै नेपाल पत्रकार महासंघ झापा शाखाले ले समेत विज्ञप्तिा जारी गरि दोसीलाई कार्वाही गर्नमाग गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु