‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ मा रकम जुट्दै

2023-05-13 मा प्रकाशित

बुट्टबारी । ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ सञ्चालन गरेका अर्जनधारा – ११ निवासी सामाजिक अभियान्ता गणेश ढुंगानाको अभियानले सार्थकता पाउँदै गएको छ ।
असाहय, अपाङ्गता भएका व्यक्तिहरु बस्ने आभाष निर्माणको लागि थोत्रा प्लास्टिक तथा टुटेफुटेका सिसा संकलन अभियानमा जुटेका ढुंगानालाई यतिखेर मनकारी हातहरुबाट जग्गा खरिदको लागि नगदै सहयोग संकलन हुन थालेपछि आफ्नो अभियान चाँडै पुरा हुने विश्वास बढेको छ ।
शनिवार झापाको बुट्टाबारी आयोजित एक कार्यक्रममा समाजसेवी निमा तामाङ्ले जग्गा खरिदको लागि रु ५० हजार प्रदान गरेका छन् । अर्जुधारा ११ की वडा सदस्य सुशिला गिरीको प्रमुख आतिथ्यमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी तामाङ्ले आफ्ना पितृउद्धारको कामना गर्दै आफूले दिन दुःखी र अपाङ्गता भएका व्यक्तिको सेवाको लागि उक्त रकम प्रदान गरेको बताए ।
उनले कार्यक्रमकी प्रमुख प्रमुख अतिथि गिरी र अभियानका संयोजक ढुंगानालाई रु ५० हजारको चेक प्रदान गरेका थिए ।
कार्यक्रमकी प्रमुख खतिथि गिरीले असाहय र विपन्नहरुको सहयोगकोलागि मनकारी हातहरुलाई अभियानमा जेडिन अनुरोध गरिन् । उनले स्थानीय सरकारले समेत भवन निर्माण कार्यमा आवश्यक सहयोग गर्ने बताइन् ।
कार्यक्रममा अभियानका सल्लाकार गंगाा मैनाली, नेकपा एमाले अर्जुनधार –११ – का अध्यक्ष बोलप्रसाद कोइराला , समाजसेवी दाताराम तिम्सिना, नरेन्द्र बहादुर खड्का लगायतले अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको औचित्य प्रकास पार्दै अभियानका अभियान्ता ढुंगानाले स्वच्छ समाज निर्माणको लागि आफूले १० वर्ष अघिबाट फोहोर व्यवस्थापनलाई अभियानको रुपमा अघि बढाएको बताए । फोहोरको सही व्यवस्थापन नहुँदा ’देश तथा समाज कुरुप भइसक्यो, ढुंगानाले भने,‘ आज स्च्छ समाज निर्माणको लागि १० वर्षदेखि हरेक दिन फोहोर टिप्दै अघि बढेको छु । यो अभियान यतिखेर विपन्न र असाहयहरुको लागि जीवन जिउने आधार बनेको छ ।’ ढुंगानाले फोहोर संकलन गरेर त्यसको बिक्रिबाट प्राप्त रकमले अर्जुनधारा –११ स्थित देउनीया खोलाबाट ३ किमी उत्तरमा अनाथ आश्रम निर्माणलागि यतिखेर अभियाननै सुरु गरेका छन् । पछिल्लो समय मनकारी मन र हातहरु अभियानमा जोडिने क्रम बढेको छ । जग्गा खरिदकोलागि बिभिन्न दाताहरुले एक धुरसम्म जग्गा खरिदकोलागि रकम उपलब्ध गराउन थालेका छन् । यस अघि अभियानका अभियान्ता ढुंगानाले रु ५० हजार, कनकाई नगरपालिका वडानम्बर ९ का समाजसेवी शेरबहादुर थापाबाट रु १ लाख, बिर्तामोड नपा ६ का सूर्य प्रसाद कन्दङ्वाबाट रु १ लाख, बिर्तामोड नपा ५ का डिल्ली प्रसाईबाट रु १ लाख, अर्जनधारा –११ का कृष्ण गिरीबाट रु १ लाख, अर्जुनधारा –११ कै अरुण कुमार डाँगीबाट रु १ लाख संकलन भइसकेको समितिका सचिव अभिचन्द्र बास्कोटाले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन अभियानमा सचिव बाँस्कोटाले गरेका थिए भने स्वागत पत्रकार रञ्जित परियारले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु