प्रेस यूनियन झापा अध्यक्षमा भट्टराई विजयी

2023-05-15 मा प्रकाशित

बिर्तामोड । नेपाल प्रेस यूनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् ।
आइतबार बिर्तामोडमा सम्पन्न यूनियनको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन् । अध्यक्ष पदमा गिरिराज भट्टराई, राजेन्द्र गौतम र मनकुमार शर्माले उम्मेद्वारी दिएका थिए ।
अध्यक्षबाहेक अरु पदमा सर्वसम्मत भएको थियो । अध्यक्ष पदको चुनावी प्रतिस्पर्धामा भट्टराईले ६६ मत र गौतमले ५२ मत पाएका थिए भने शर्माले १ मत प्राप्त गरेका थिए ।
यसैगरी, उपाध्यक्ष पदमा ईश्वर अधिकारी, सविना लिम्बू, सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जसोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रणदेव हजाम, अनुसा चुँडाल, तलु बास्के, शान्ति सुब्बा, विष्णु श्रेष्ठ, जोस्ना श्रेष्ठ, कौशल भण्डारी, तुलसीप्रसाद निरौला, देवेन्द्र प्रसाई, पोषराज कटुवाल, युवराज रेग्मी, रञ्जित परियार र विष्णुप्रसाद पौडेल चयन भएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु