जिल्ला प्रहरी कार्यालय झापाले गर्याे, मेचीनगरमा सार्वजनिक सुनुवाइ

2023-05-19 मा प्रकाशित

काँकरभिट्टा । जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार मेचीनगर स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिहरुले जनसरोकारका विषयमा प्रश्न गरेका थिए । कार्यक्रमका सहभागीले प्रहरी मेरा साथीको नारालाई व्यवहारमा लागु गर्न सुझाव दिएका थिए। सिमा नाकामा हुने चोरी निकासी, लागुऔषध प्रयोग कर्ताको हैरानी, प्रहरीको अनावश्यक झन्झटिलो व्यवहारका कारण जनताले पाएका दुख, प्रहरी र नागरिकको सहकार्य भएमा समाज राम्रो ह्रुने सुझाव दिएका थिए।

सहभागीले उठाएका प्रश्नको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मी, मेचीनगरका मेयर गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रतीले जवाफ दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु