सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने

2023-05-19 मा प्रकाशित

काठमाडौं, ५ जेठ । सरकारले आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नै भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु