मेचीनगरपालिकाले खानेपानीको महशुल नबुझाएपछि खानेपानीको धारा काटियो 

2023-05-19 मा प्रकाशित

मेचीनगर, जेठ ५ । लामो समयसम्म खाने पानीको महशुल नबुझाएको भन्दै मेचीनगर नगरपालिका परिषरमा जोडिएको खानेपानीको धारा काटिएको छ । नगरपालिकाले महशुल नबुझाएपछि नगरपालिका परिषरमा रहेका दुई वटा धारा काटिदिएको हो । बारम्बार जानकारी गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको र महशुल बुझाउने तर्फ चासो नै नदिएकाले धारा काटिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताए ।

सात लाख भन्दा धेरै रकम नगरपालिकाले बुझाउन बाँकी रहेको उहाँको भनाई छ । ‘तीन बर्ष भन्दा धेरै समयको सात लाख भन्दा धेरै रकम बक्यौता छ, प्रत्येक महिना रिडिङका क्रममा महशुलको बिल दिने गरिएको छ तरपनि नगरले यस तर्फ चासो देखाएको छैन जसका कारण बाध्य भएर धारा काटिएको हो ।’ अध्यक्ष पराजुलीले भने । उनका अनुसार नगरपालिकाको मातहतमा १४ वटा धारा रहेपनि तत्काल नगर परिषरका दुई वटा मात्रै काटिएको हो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु