‘रास्वपा’का केन्द्रीय नेताहरु भोलि मेचीनगर आउने

2023-05-19 मा प्रकाशित

मेचीनगर, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरु भोलि झापाको मेचीनगर आउने भएका छन् । केन्द्री नेताहरु रास्वपाको भोलि हुँने जिल्ला तथा नगर अधिवेशनलाई सम्बोधन गर्न झापा आउने भएका हुन् ।
शनिबार झापाका १४ वटा पालिकामा संगठन विस्तार तथा प्रशिक्षण हुँदै छ अध्यक्ष कुँवरले भने भोलि हुने अधिवेशन पछि संगठन विस्तारलाई तीब्रता दिने छौं । नगर अधिवेशन तथा पार्टीको आगामी रणनीति र कार्यदिशाका विषयमा प्रशिक्षण समेत आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा पार्टीका महामन्त्री डा.मुकुल ढकाल, सांसद डा.तोसिमा कार्की, निशा डाँगी, मनिश झा, केन्द्रीय सदस्य रमेश प्रसाई लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष कुँवरले जानकारी दिए । मेचीनगरको अधिवेशन पछि बिर्तामोड नगर अधिवेशन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु