बिर्तामोड खानेपानीको निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलद्धारा उम्मेद्वार घोषणा

2023-05-21 मा प्रकाशित

बिर्तामोड । बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वार घोषणा गरेको छ । स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेद्वार घोषणा गरेको हो ।

अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीले उम्मेद्वारी घोषणा गरेका हुन् । त्यस्तै खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगानाले उम्मेद्वारी घोषणा गरेका हुन् ।

स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिका संयोजक देबराज कार्कीको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), समाजबादीलगायतको संयुक्त स्वतन्त्र प्रगतिशील प्यानल निर्माण गरी उम्मेद्वार घोषणा गरिएको हो । उम्मेदवारी मनोनयन दर्ताका भने आज आइतबार हुँने भएको छ ।

खानेपानी संस्था उपभोक्ताहरुको योगदानमा सञ्चालित सामाजिक संस्था भएकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने मान्यता विगतदेखि नै रहि आएको अध्यक्ष पदका उम्मेद्वार सिटौलालले बताए । तर, त्यस्तो हुन नसकेकाले बिर्तामोडका क्रियाशील मुख्य राजनीतिक शक्तिहरु तथा स्वतन्त्र सामाजिक व्यक्तिहरु मिलेर निर्वाचनमा सामुहिक प्रतिष्पर्धा गर्ने उद्देश्यले स्वतन्त्र प्रगतिशील प्यानल निर्माण गरेको अध्यक्ष पदका उम्मेद्वार सिटौलालले बताए ।

उम्मेद्वार सिटौलालले आफु नेतृत्व प्यानलले जिते हाल १३ हजार मा जडान गरिदै आएको धारा ९ हजार रुपैयाँमा जडान गरिने, महसुल घटाउने, ठाउँ–ठाउँमा सार्वजनिक धारा जडानलगायत कार्य गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण) लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गणेश पोखरेलले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु