बिर्तामोड नगरपालिकाले वुधवारे हटियामा डोजर चलाएर संरचना भत्कायो

2023-05-22 मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वुधवारे हटिया मा रहेका अब्यवस्थित टहरा डोजरचलाएर भत्काएको छ ।
नगरपालिकाले बिर्तामोड ५ मा रहेको देवी हाटमा व्यवस्थित सपिङ महल निर्माणका लागि अब्यवस्थित रुपमा रहेका टहरा हटाएको हो ।
त्यहाँ रहेका ब्यवसायीलाई टहरा खाली गर्न पटक पटक आग्रह गरेपनि उनीहरुले अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गर्दै सो क्षेत्र खाली गराएको हो ।
टहरा हटाउन नगरपालिकाले शनिवार अन्तिम पटक माइकिङ गर्दै २४ घण्टे सूचना जारी गरेको थियो । तर, व्यवसायीले अटेर गरेर ठाउँ खाली नगरेपछि सोमवार मध्यान्य १२ वजेपछि डोजर लगाएर टहरा भत्काएको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु