मेचीनगरका विद्यालयमा थपियो दुई दिन विदा

2023-06-03 मा प्रकाशित

मेचीनगर । अत्यधिक गर्मीका कारण मेचीनगर नगरपालिकाले नगर भित्रका विद्यालयमा दुई दिन विदा थपेको छ ।
नगर भित्रका विद्यालयमा आइतबार र सोमबार विदा हुने भएको छ । अत्याधिक गर्मी बढेको भन्दै बर्खे विदा कटौती गरी विदा थप गरिएको मेचीनगर नगर शिक्षा कार्यालय शाखाले जनाएको छ ।
मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर विद्यालय विदा गर्न निर्देशन दिएका छन् । केही दिनदेखि झापासहित तराईका जिल्लामा गर्मी बढेको छ । मेचीनगरले गत विहीवारदेखि तीन विदा दिएको थियो । गर्मीका कारण विदालाई निरन्तरता दिँदै दुई दिन विदा थपेको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु