पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली

2023-06-03 मा प्रकाशित

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली सेख सर्वसम्मत चयन भएका छन् ।
शनिवार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न दोस्रो साधारण सभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा भूपेन्द्र गिरी, एनु भट्राई, गोपाल पराजुली, सचिवमा लक्ष्मी प्रसाद उप्रेती, सहसचिवमा तोयानाथ तिम्सिना, कोषाध्यक्षमा कल्याण खड्का, सहकोषाध्यक्षमा धनकुमार राई सर्वसम्मत चयन भएका छन् । त्यसैगरी, समितिको सदस्यहरुमा सुकुमार प्रधान, शिवकुमार राई, हरिकुमार प्रधान, बद्री कार्की, देवकुमारी निरौला तामाङ, कुमार राना, भुषनलाल श्रेष्ठ र नरविर तामाङ रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु