मेचीनगरका विद्यालय जेठ मसान्तसम्म बिहान सञ्चालन हुने

2023-06-07 मा प्रकाशित

मेचीनगर,२४ जेठ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि मेचीनगर नगरपलिकामा विद्यालय बिहान सञ्चालन हुने भएको छ । नगरपालिकाले नगरका सवै निजी तथा सामुदायिक विद्यालयहरुलाई बिहिबारबाट जेठ मसान्तसम्म बिहान ६ बजे देखी १० बजे सम्म बिद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको हो ।

गर्मीका कारण जनजिवन कष्टकर बने पछि यहि जेठ १८ गते देखि २४ गते सम्म नगरभित्रका विद्यालय वन्द गरिएको थियो । नगरभित्रका सामुदायिक तथा निजि विद्यालयहरु समेतको सुझावका आधारमा विहानी शत्रमा विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।

बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले विहानी शत्रमा विद्यालय सञ्चालन हुने बारेमा सम्बन्धित विद्यार्थि शिक्षक र अभिभावकलाई जानकारी दिने व्यवस्था गर्न पनि भनेको छ । मौसम सुधार भएमा अर्को सुचना पश्चात साबिक समयमा बिहान १० बजे देखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न सकिने पनि नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु