धाइजन सांस्कृतिक महोत्सवमा हजारौंको घुइँचो ६ वर्षसम्म र ८० वर्षमाथिका वृद्धलाई प्रवेश निशुल्क

2023-06-07 मा प्रकाशित

प्रकाश उप्रेती
मेचीनगर २४, जेठ । झापा मेचीनगरको धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा कलाकारको बेजोड प्रस्तुतिले दर्शकको घुँइचो बढेको छ ।

जेठ २१ देखि सुरु भएको महोत्सवमा स्थानीय र रास्ट्रिय कलाकारको कला प्रस्तुतिले आगन्तुक दर्शनको घुँइचो बढेको हो ।
२३ गते रास्ट्रिय कलाकार बिन्दु परियारले महोत्सवमा आगन्तुकलाई छ्मछ्मी नचाइन् । महोत्सव सुरुवातीकै पहिलो रास्ट्रिय कलाकारको रुपमा प्रस्तुत भएकी परियारले सहभागी दर्शकलाई दुई घण्टा नचाइन् ।

सहभागीको आग्रहमा गीत प्रस्तुत गरेकी कलाकार परियारले अझ उनीहरुको मन खिच्न सफल भएकी थिइन् । २४ गते बुधबार अर्को रास्ट्रिय कलाकार प्रिती आलेको बेजोड प्रस्तुति रहेको छ भने २५ गतेदेखि प्रख्यात ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकको भनाई छ ।

शिव परियार, जिवब, लाहुरे, श्रीकृष्ण लुइँटेल, प्रिती आले, कमल खत्री, ज्योति मगर, रचना रिमाललागायतका दर्जनौं कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवको ठेकेदार गणेश राउतले बताए ।

स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि २० वटा स्टल तय गरिएको छ भने आगन्तुकलाई भरपुर मनोरंजन गराउन रोटेपिङ, रेलचडी, घुम्ने कार, जम्पलगायतका खेलतमासाको ब्यवस्थापन गरिएको छ ।

महोत्सव अवधीभर ६ वर्षसम्मका ससाना नानीबाबु, अनाथअपाङ्ग, दृष्टीबिहिन र ८० वर्षमाथिका बयोबृद्दालाई महोत्सवमा प्रवेश निस्शुल्क गरिएको राउतले बताए ।
११ दिनसम्म संचालन हुने महोत्सवअवधिभर इलाका प्रहरी कार्यालाय धुलाबारी र प्रहरी चौकी चारआली साथै अङ्कित सेक्युरिटी सर्भिस प्रालिले सुरक्षा दिइरहेको प्रालिका प्रोपाइटर बद्री महतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु