मेचीनगरलाई लागू औषध प्रयोगमुक्त नगरपालिका बनाउन प्रारम्भिक प्रशिक्षण

2023-06-10 मा प्रकाशित

काँकरभिट्टा । कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले खुल्ला सीमानाको कारण मेचीनगरमा लागू औषध दुर्वेशनले विकराल रुप लिँदै गएको बताएका छन् । प्रहरीले लागु औषध नियन्त्रणकोलागि सीमा नाकामा रहेर काम गर्दै आएको भएपनि त्यो प्रभावकारी हुन नसकेकोले अव नियन्त्रण र न्यूनीकरणकोलागि सबै क्षेत्र र समुदायले सहकार्य गर्नुको विकल्प नभएको बताए । आज गाउँ गाउँका झुपडीमा लागू औषधले प्रवेश पाएको छ । प्रमुख अतिथि तामाङले भने, ‘भारतीय बजारमा नेपालीहरुलाई लक्षीत गरेर लागु औषको व्यापार भइरहेको छ यसलाई रोक्नुपर्छ ।’


मेचीनगरलाई लागू औषध प्रयोगमुक्त नगरपालिका बनाउन शनिवार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित प्रारम्भिक प्रशिक्षण कार्यक्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुँन् । समाजका उर्जाशील युवाहरु लगु औषध दुर्वेशनको शिकार बन्दै गएपछि मेचीनगर नगरपालिकाले लागू औषध प्रयोग मुक्त नगरपालिका बनाउने गरि गृहकार्य थालेको छ ।
कार्यक्रमको औचित्य प्रकास पार्दै मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लागु औषधको दलदलमा युवा जनशक्ति फस्दै गएकोले सम्मुनत र संस्कारयुक्त समाज निर्माणका लागि सबैले हातेमालो गरेर लागु औषध नियन्त्रणमा जुटनु पर्ने बताए । लागु औषध दुर्वेशनका कारण आर्थिक सामाजिक भौतिक रुपमै हामी सुरक्षीत छैनौं । उनले भने, ‘छोराको अवस्था देखेर आज आमाहरु घुक्क घुक्क रुँदै हुनुहुन्छ, आमाहरुको पीडालाई कस्ले बुझीदिने ।’ लागू औषध नियन्त्रणको लागि विद्यालय तथा टोल टोलमा अभियान थाल्ने उनको भनाइ थियो ।
कार्यक्रमको सहजीकरण गर्दै नारकोनन् नेपालका अध्यक्ष एवम् पूर्व प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूपदार्थ एउटा घरको मात्र समस्या नभएर देशको, विश्वको समस्या निम्ति समस्या र चुनौति बन्दै गएको बताए ।
मेचीनगर नेपालकै रेडजोनमा रहेको दावी गर्दै टोलटोल र विद्यालयमा लागूऔषधका विषयमा इजरायल मोडलको कार्यक्रमहरु सञ्चालन गर्न नगरपालिकालाई सुझाव दिएका थिए ।
कार्यक्रममा मेचीनगरका १५ वटै वडाका वडाध्यक्ष तथा सदस्यहरु विद्यालयका शिक्षक, प्रहरी , स्वास्थ्यकर्मी, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले स्वागत गर्दै लागू औषध दुर्वेशन नियन्त्रणमा हातेमालो गर्न आग्रह गरिन् । कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु