गृहलक्ष्मी साकोसको पुनर्ताजगी कार्यक्रम

2023-06-11 मा प्रकाशित

धुलाबारी । मेचीनगर ९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिवशीय अनुशिक्षण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले इलामको सूर्योदय−८ स्थित शान्ति चोकमा कार्यक्रम सम्पन्न गरेको हो ।

सहकारीका सञ्चालक, सेवा केन्द्र, क्षेत्रीय समिति, उपसमितिका पदाधिकारी तथा कर्मचारी एवम् सदस्यहरुलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको हो । झापालगायत तराई जिल्लामा अस्वभाविक गर्मी बढेपछि सहकारीले वार्षिक कार्यक्रम अन्तर्गत इलामको सूर्योदयमा कार्यक्रम राखेको व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

कार्यक्रममा मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका कार्यकारी अधिकृत खोम बगालेले वर्तमान अवस्थामा सहकारीका सञ्चालक तथा कर्मचारीको भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

सहकारी संस्थाका कार्यवहाक अध्यक्ष रेणुका डाँगी (दुर्गा) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक सरोज मेहराले गरेका थिए । प्रशिक्षण पछि सहकारी टोलीले पूर्वको रमणीय ठाउँ कन्याम लगायतका क्षेत्रको अवलोकन तथा अध्ययन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु