बारा र पर्सामा १ सय ३३ जनामा कोरोना संक्रमण

2020-08-05 मा प्रकाशित

वीरगञ्ज,२१ साउन । बारा र पर्सामा बुधबार एकै दिन अहिलेसम्म्कै धेरै संक्रमित भेटिएका छन् । दुवै जिल्लामा गरेर १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मंगलबार ४ सय ८८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए । तीमध्ये पर्सा पोखरियाकी १८ वर्षकी युवतीको मृत्यु भएको छ ।

वीरगञ्ज कारागारका ३२ जना, सिमरा क्वारेन्टिनका १७ जना, ज्वरो आएका कारण गण्डक हस्पिटलमा भर्ना भएका दुई जना, वीरगञ्ज चिनी मिलमा गरिएको परीक्षणमा ५ जना र त्रिजुद्ध स्कुलमा गरिएको मास टेष्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु