नेपाली काँग्रेसमा सुरु भयो रुपान्तरणको अभियान

2023-06-12 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेसमा गुटगत राजनीति मौलाएको र पार्टी नेतृत्व पार्टीको नीति र सिद्यान्त विपरित अघिबढेको भन्दै यतिखेर देशभर पार्टी रुपान्तरण अभियान सुरु भएको छ ।

सोमबार झापाको धुलाबारी स्थित पार्टी क्षेत्रीय कार्यालय आयोजित पत्रकार सम्मेलनमा अभियानका बारेमा जानकारी गराएको हो ।

सो अवसरमा स्वर्णिम विरासत बोकेको पार्टीको शरीर ठिक नभइ रहँदा पनि संसदीय संरचना बृहत् रहेको अभियन्ताहरुले बताए ।

रुपान्तरण अभियान लिएर झापा आईपुगेका काँग्रेस नेता खोटाङका पूर्व जिल्ला सभापति सुबास पोखरेलले पार्टीले गर्ने एकल निर्णय गलत रहेको आरोप लगाए ।

२७ हजार बढी निर्वाचित जनप्रतिनिधि रहेको वर्तमानमा प्रतिनिधिहरु नै अलमलमा पर्नुपर्ने अवस्था आएको उनले बताए ।

पार्टीका शिर्ष नेता र नेतृत्व देखाएर फेरि भोट माग्ने अवस्था नदेखिएको बताउँदै देशभरबाट आएका सुझावलाई केन्द्रीय नेतृत्व र पार्टीलाई बुझाउने उनले बताए ।

पार्टीमा आस्था राख्ने व्यक्ति अब पार्टीको कार्यकर्ता नभइ पार्टीको सदस्यको रुपमा जागरण अभियानमा जोडिने बताए ।

सो अवसरमा नगर सभापति सुदयकुमार पनेरुले पार्टीमा देखिएका गलत प्रवृत्ति सुधार गर्न थालिएको अभियान सकारात्मक रहेको बताउँदै नगर समितिको तर्फबाट सहयोग रहने बताए।

महाधिवेशन प्रतिनिधि पुर्व नगर प्रमुख बिमल आचार्यले पछिल्लो समयमा काँग्रेस मात्र नभएर सबै पार्टी सुध्रनु पर्ने अवस्था आएको बताए । पार्टी जागरण अभियानमा पार्टीका युवा नेतृत्वदेखि आम कार्यकर्ताको साथ रहनु पर्ने बताए ।

सो अवसरमा पार्टीका महाधिवेशन प्रतिनिधि, प्रदेश, क्षेत्रीय, नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

भेटघाट कार्यक्रमको सहजीकरण उत्तमबहादुर चम्लागाईंले गरेका थिए ।

पूर्वमा पार्टीको जागरण अभियान कोशी प्रदेशको इटहरीमा जेठ ३१ गते बृहत् रुपमा आयोजना गरिएको जानकारी गराईएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु