मेचीनगर-८ मा महिला सीप विकास तालिम सुरू

2023-06-14 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर-८ को आयोजनामा आजदेखि ७ दिने महिला सीप विकास तालिम सञ्चालन भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सुरू भएको शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिमको उद्घाटन मेचीनगर -८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका छन् ।

तालिमको उद्घाटन शत्रमा बोल्दै वडाध्यक्ष धमलाले हातमा सीप भए कोहीपनि बेरोजगार बस्नु नपर्ने बताएका छन् । उनले अहिले बेरोजगारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा वडाले महिलाहरूलाई दक्ष बनाउँन तालिमको आयोजना गरिएको बताए । साथै उनले यसअघि बेरोजगार पुरूषहरूको लागि पनि इलेक्ट्रोनिक सम्बन्धि तालिमको आयोजना गरिसकेको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल, वडासदस्यहरू कुन्दन निरौला, बिष्णु भट्टराई, कविता खनाल शार्की र मनकुमारी गिरीलगायतले शुभकामना मन्तव्य राख्दै सीप नभएर धेरै महिलाहरू अहिले पनि त्यसै घरमा बसिरहेका बताए । तर, यस्तो अवस्थामा उनीहरूलाई आवश्यक सीप मुलक तालिम दिन सके त्यसले पनि आत्मानिर्भर बन्न सहज हुने उनीहरूको भनाइ छ ।

थोरै लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिम प्रशिक्षार्थीका लागि उपयुक्त रहेकाले सीप सिकेर आत्मानिर्भर बन्न सहयोग पुर्याउने बताए ।

आस्था डेकोरेशन उद्योग मेचीनगर -८ ले दिने महिला सीप विकास तालिममा वडाको ३९ वटा टोलबाट एक एक जना महिलाहरूको सहभागीता रहेको मेचीनगर -८ कि वडासचिव पवित्रा सुब्बाले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु