बाहुण्डाँगी स्वास्थ चौकीमा आजदेखि ल्याबं सेवा सुरु

2023-06-16 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ स्थित बाहुण्डाँगी स्वास्थ चौकीमा आजदेखि प्रयोगशाला (ल्याबं) सेवा सुभारम्भ भएको छ।

स्वास्थ क्षेत्रमा पछि पर्दै आएको मेचीनगर ४ स्थित बाहुण्डाँगी सेवाको शुक्रबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । अब बाहुण्डाँगी स्वास्थ चौकीबाट सेवाग्राहीले रगत परिक्षण लगायतका सेवामा सहज भएको छ ।

उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले बाहुण्डाँगी स्वास्थ चौकीमा सेवा थपिएसंगै अब मेचीनगर(४ का मात्रै होइन साविक बाहुण्डाँगी गाविस क्षेत्रका सबै नागरिकले लाभ लिन सक्ने बताए ।

नगरका सम्पूर्ण नागरिकहरूलाई स्वास्थ सेवा सहजरूपमा उपलब्ध गराउन आफुहरू लागि परेको बताउँदै उनले अब मेचीनगरबासीले स्थानीय क्षेत्रमा नै सर्वसुलभ स्वास्थ सेवा उपलब्ध गराउन नगरका स्वास्थ शाखा, उपशाखा र स्वास्थ चौकीमा विभिन्न सेवाहरू थप्दै जाने लक्ष्य रहेको बताए ।

सेवा सुभारम्भ कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर सामाजिक विकास शाखा प्रमुख बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, मेचीनगर स्वास्थ शाखा प्रमुख सावित्रा सापकोटा, पुर्व बाहुण्डाँगी गाविस अध्यक्ष निलकण्ठ तिवारीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु