चन्द्रगढीको विजयी शुरुवात, आज आयोजक र भद्रपुर भिड्दै

2023-06-17 मा प्रकाशित

मेचीनगर, असार २ । हिजोबाट शुरु भएको जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आजको खेल आयोजक तुर्केनी स्पोर्ट्स क्लब र भद्रपुर सिरिजङ्गा भेट्रान क्लबबिच हुँदैछ ।
मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा हिजो धुलाबारी भेट्रानलाई चन्द्रगढी भेट्रान क्लबले ५-३ को गोलअन्तरले हराएको थियो ।

खेल क्षेत्रको विकास सँगसगैँ तुर्केनी खेल मैदानको स्तरोन्नती गर्ने उद्देश्यका साथ शुरु भएको यस प्रतियोगिता आठ गतेसम्म सञ्चालन हुनेछ । हिजो मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै नगर प्रमुख बुढाथोकीले खेल क्षेत्रको विकासका निम्त्ति नगरपालिका सदैव तयार रहेको बताउनुभएको थियो ।

प्रतियोगितामा जिल्लाभरका आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार र दोस्रो हुने टिमलाई नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु