मेचीनगर १० वडा कार्यालयमा ‘डिजिटल एप्स’ सञ्चालन

2023-06-17 मा प्रकाशित

झापा, २ असार । वडाका सम्पूर्ण गतिविधिलाई एकीकृत गर्ने उदेश्यले मेचीनगर वडा नं.१० को कार्यालयले आजबाट ‘डिजिटल एप्स’ सञ्चालनमा ल्याएको छ । वडाका काम कारवाहीलाई व्यवस्थित गर्दै प्रविधिसँग वडावासीलाई जोड्ने उद्देश्यका साथ सो एप्स सञ्चालनमा लएको वडाले जनाएको छ । । वडाध्यक्ष नारायण खनालले बताए ।

उनका अनुसार यसखालको वडा प्रोफाइल मेचीनगरमै पहिलो हो । उक्त एप्समा वडाको जनसंख्या, घरधुरी, शिक्षा, स्वास्थ्य, कृषि, दमकल, एम्बुलेन्स, अस्पताल, विद्यालय, जनप्रतिनिधि, कर्मचारी लगायतका अवस्था संकलन गरिने र सबैले एप्समार्फत हेर्न सकिने वडाध्यक्ष खनालले बताए । डाटा संकलन गर्नका लागि २० जना संकलक खटाइएको छ । उनीहरुलाई वडा कार्यालयले प्रशिक्षण प्रदान गरेर वडाका घरघरमा खटाएको हो । संकलकले त्यहाँबाट सबै विवरण एक हप्ताभित्रमा संकलन गर्ने बताइएको छ । आफ्ना सुझाव समेत राख्न पाउने गरी संकलक गाउँ गाउँमा खटाइएको वडा सदस्य विशाल कार्कीले बताए ।

वडा कार्यालयमा एक कार्यक्रम गरी वडाको एप्स उद्घाटन गरिएको छ । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्दै प्रविधिसँग नागरिकलाई जोडेर सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने बताए ।वडाध्यक्ष खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा धर्मेन्द्र खड्का, वडा सदस्य विशाल कार्की लगायतले एप्सका बारेमा जानकारी गराएका थिए । वडा सदस्य लीलादेवी दर्नालले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव जितेन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा मेचीनगर वडा नं ९ का वडा सदस्य सुष्मा कार्की डोली लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु