शब्दसेनाको गजल ‘झेली गर्यो नियतिले’ सार्वजनिक

2023-06-17 मा प्रकाशित

काठमाडौं । गजलकार कृष्णदेव रिमाल ‘शब्दसेनाको’ शब्दरचनामा  ‘झेली गर्‍यो नियतिले’ बोलको गजल बुधबार सार्वजनिक भएको छ।

प्रेमपरक विषयवस्तुमा आधारित भई रचिएको सो गजलमा कमल अधिकारीले संगीत दिएका छन् । सुगम संगीतका चर्चित गायक आनन्द कार्की र पूजन मिश्रको युगल आवाजमा स्वराङ्कन भएको उक्त गजल कमल अधिकारीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सो गजलमा वियोगान्त प्रेमकथालाई मूल कथ्य बनाइएको छ। मनैदेखि मन पराएको र हृदयमा हरपल सजाएको मान्छेसँग पनि दुई किनारझैँ भएर बाँच्नु पर्दाका पीडाहरू गजलमा पोखिएका छन् । भिडियो निर्देशक बिक्रम चौहानको छायाङ्कनले सो गजललाई थप मनोहर तुल्याएको छ।

गजल सार्वजनिक भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै रिमालले सो गजलले संगीतप्रेमीहरूको मन जित्न सक्ने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरेका थिए।

गजलकार कृष्णदेव रिमाल सबैजसो साहित्यिक विधामा कलम चलाउने कुशल शब्द शिल्पी हुन् । उनी विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष समेत रहँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु