स्थानीय खबर

घैलाडुब्बा शिवालय मन्दिरमा १०८ शिवलिङ्ग स्थापना

मेचीनगर । महाभारतकालीन इतिहाससँग जोडिएको पूर्वकै ऐतिहासिक धार्मिक स्थल घैलाडुब्बा शिव तथा देवी मन्दिरमा १०८ शिवलिङ्ग स्थापना गरी वैदिक विधिअनुसार प्राणप्रतिष्ठा गरिएको छ। मेचीनगर–५ र ८ को सिमानामा रहेको उक्त मन्दिरमा पाँच दिवसीय धार्मिक अनुष्ठान सम्पन्न गर्दै शिवलिङ्गहरूको प्राणप्रतिष्ठा गरिएको हो। दाताहरूको सहयोगमा स्थापित १०८ शिवलिङ्गको शनिबार आयोजित विशेष समारोहबीच धर्मगुरु स्वामी डा. केशवानन्द गिरीले […]

पूरा पढ्नुहोस्

भारतीय अवरोधका कारण नेपाली चिया निर्यात प्रभावित, समस्या समाधानका लागि सरकारसँग मेची उद्योग वाणिज्य संघको माग

धुलाबारी । भारतीय पक्षले नेपाली चिया निर्यातमा विभिन्न प्रक्रियागत अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् । गुणस्तर परीक्षणको नाममा भारतले डेढ महिनादेखि नेपाली चिया निकासीमा अड्चन पु¥याएको भन्दै उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन् । निर्यात अवरुद्ध हुँदा उत्पादित चियाले बजार नपाएको र ठूलो परिमाणमा चिया गोदाम तथा उद्योगमै थन्किएर […]

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा मेचीनगरका भण्डारी

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा मेचीनगरका ओम भण्डारी निर्वाचित भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न अधिवेशनबाट ३४१ मत प्राप्त गरि भण्डारी झापा सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेका छन् । सभापति पदका लागि तीनजनाले उम्मेदवारी दिएका थिए । त्यस्तै उपसभापतिमा पुष्पलाल ढकाल […]

पूरा पढ्नुहोस्

नेपाल माझी महिला उत्थान संघ मेचीनगरको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बबिता

मेचीनगर । नेपाल माझी महिला उत्थान संघ मेचीनगर कार्य समितिको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। नेपाल माझी महिला उत्थान संघ झापाकी अध्यक्ष पदममाया माझीको सभापतित्व तथा नेपाल माझी उत्थान संघ केन्द्रीय लेखा समिति सदस्य सन्तलाल माझीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनबाट बबिता माझी अध्यक्ष, कृष्णकुमारी माझी […]

पूरा पढ्नुहोस्

झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु

झापा ।  झापामा बढ्दो अत्यधिक गर्मीका कारण एक महिलाको अकालमा मृत्यु भएको छ। झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ पशुपति चोक पूर्व निवासी लुखी हेमरमको अत्यधिक गर्मी सहन नसक्दा ज्यान गएको हो। उनी आज मध्याह्नको समयमा कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने सडक खण्डमा मृत अवस्थामा फेला परेकी थिइन्। हेमरम चर्को घाम र अत्यधिक […]

पूरा पढ्नुहोस्

आदर्शमा २ लाख रुपैयाँको “धनलक्ष्मी अक्षयकोष” स्थापना

मेचीनगर । मेचीनगर–८, स्थित आदर्श माध्यमिक विद्यालयमा २ लाख रुपैयाँको “धनलक्ष्मी अक्षयकोष” स्थापना गरिएको छ । मेचीनगर–७, इटाभट्टा निवासी लक्ष्मीप्रसाद ओलीले आफ्नी श्रीमती धनमाया ओलीको स्मृतिमा सो अक्षयकोष स्थापना गरेका हुन् । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच दाता परिवारको तर्फबाट कोष रकम हस्तान्तरण गरिएको थियो । सो अवसरमा दाता परिवारको तर्फबाट बोल्दै पूर्व शिक्षकसमेत […]

पूरा पढ्नुहोस्

मेचीनगरपालिकामा ३० दिने बुटिक तथा सिलाइ–कटाइ तालिम सुरु

मेचीनगर  । मेचीनगरपालिकामा मंगलबारदेखि ३० दिने सिलाइ–कटाइ तथा बुटिक तालिम सुरु भएको छ । मेचीनगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरिएको सामीका जिल्ला संयोजक शेखर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित वैदेशिक रोजगारीका लागि सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षामा सहभागी २५ जना महिला दिदीबहिनीलाई उद्यमशीलतासँग जोड्दै आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना […]

पूरा पढ्नुहोस्

धुलाबारी माविमा स्वास्थ्य उपचारसम्बन्धी सचेतना कार्यक्रम

धुलाबारी । धुलाबारी । स्वास्थ्य सुरक्षा, प्राथमिक उपचार विधि तथा आकस्मिक अवस्थाबारे एकदिवसीय जनचेतनामूलक प्रशिक्षण आइतबार मेचीनगरस्थित धुलाबारी माविमा सम्पन्न भएको छ । एन्जल फाउन्डेसन उर्लाबारीको प्राविधिक सहयोग तथा धुलाबारी माविको समन्वयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो । स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा अचानक रक्तसञ्चार रोकिँदा […]

पूरा पढ्नुहोस्

एसइइमा शतप्रतिशत नतिजा ल्याउने ग्यालेक्सीका विद्यार्थीलाई सम्मान

बिर्तामोड । गत वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी झापाको भद्रपुर–९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलले २०८२ मा शतप्रतिशत नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर भद्रपुर नगरमा एसइइमा शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउने ग्यालेक्सी २३ जना विद्यार्थीलाई सम्मान गरेको हो । २०८१ को एसइइमा पनि ग्यालेक्सी नगरकै उत्कृष्ट […]

पूरा पढ्नुहोस्

मेचीनगरमा माझी समुदायको भाषा–संस्कृति संरक्षणसम्बन्धी प्रशिक्षण सम्पन्न

मेचीनगर । माझी समुदायको भाषा, साहित्य कला तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल माझी उत्थानसंघ मेचीनगरको आयोजनामा शनिबार एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर ८ स्थित दुर्गामन्दिर टोलमा आयोजित प्रशिक्षण कार्यक्रममा १०० बढी माझी समुदायको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई नेपाल माझी उत्थानसंघ केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर माझी र केन्द्रीय सह–कोषाध्यक्ष […]

पूरा पढ्नुहोस्