स्थानीय खबर
‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया सम्पन्न
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । सो अवसरमा फोनिज झापा जिल्ला शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न गर्यो। कार्यक्रममा मिडियाले आदिवासी जनजातिहरूको सवालमा प्राथमिकता दिइरहेको अवस्था र आवश्यकताका विषयमा केन्द्रित छलफल भएको थियो। फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता र […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगी जेसीज सप्ताह शुरु : दौडमा अर्जुन बस्नेत प्रथम
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ । मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले नगद १५ हजार प्राप्त गर्नेछन् । दौड प्रतियोगिताको दोश्रो स्थानमा रिदन विश्वकर्मा र तेस्रो स्थान विप्लव श्रेष्ठले हासिल गरेका थिए […]
पूरा पढ्नुहोस्
कुखुरापालक कृषकलाई जैविक सुरक्षा र औषधि सम्बन्धी तालिम
मेचीनगर, २७ साउन । मेचीनगरका कृषकहरुलाई कुखुरापालन, व्यवस्थापन, जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको प्रयोगका बारेमा तालिम दिएको छ । मंगलबार नगरपालिकाको महिला सीप विकास केन्द्रको भवनमा पशु सेवा विभाग, खाद्य तथा कृषि संगठन ९एफएयू० को संयुक्त आयोजनामा कुखुरापालक कृषकहरुलाई जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको सचेततापूर्वक प्रयोग सम्बन्धी तालिम दिइएको हो । मेचीनगरका करिव २५ जना […]
पूरा पढ्नुहोस्
प्रेस चौतारीको लेखनवृत्ति सम्मान पत्रकार दाहाललाई
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति कान्तिपुर टिभीमा झापाबाट कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपाल झापाको आज बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो । गत साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको […]
पूरा पढ्नुहोस्
दुवै मृगौला खराव भएकी रीताको उपचारमा सहयोग गरिदिन परिवारको अपिल
मेचीनगर । दुवै मृगौला खराव भएपछि मेचीनगर–७ स्थित मदन बस्तीकी ४० वर्षीय रीता राजबंशीको उपचारमा यतिखेर आर्थिक अभाव सिर्जना भएको छ । उपचारमा आर्थिक अभाव भएपछि राजबंशी परिवारले उपचारमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ । विगत ८ महिनादेखि मृगौला रोगकै कारण थलिएकी रीताको परिवारले आफन्तजन र स्थानीयको सहयोगमा उपचार गराउँदै आएको भएपनि अवभने उपचारमा […]
पूरा पढ्नुहोस्
अपाङ्गता भएका व्यक्तिलाई जिवीकोपार्जनमा जोड्दैँ मेचीनगर
मेचीनगर । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न सहकारीको माध्यम अपनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न नगरको १५ वटै वडामा मिलीजुली समूह गठन गरिएको छ । मिलीजुली समूहमा अपाङ्गता भएका व्यक्ति नै अध्यक्ष लगायतको २५ जनाको समूह सञ्चालनमा रहेको छ । नगरपालिकाले सबै वडाको उक्त […]
पूरा पढ्नुहोस्
मेचीनगर–४ वडा कार्यालयले वडाबासीको धमाधम घर बीमा गर्दै
मेचीनगर । मेचीनगर नगरपालिका–४ वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका एक हजार तीन सय घरधुरीलाई लक्षित गर्दै घर बीमा कार्यक्रम सुरु गरेको छ। विशेषगरी हात्ती प्रभावित क्षेत्र भित्र पर्ने यस वडामा हात्तीबाट क्षति पुर्याएको, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक तथा वन्यजन्तुजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न घर बीमा योजना लागू गरिएको हो। वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार, बीमा […]
पूरा पढ्नुहोस्
अस्पताल र चिकित्सकको बद्नाम गराउन खोजेको भन्दै बिर्तामोड चिल्ड्रेन हस्पिटलले जनायो आपत्ति
बिर्तामोड । बिर्तामोड चिल्ड्रेन हस्पिटलले अर्जुनधारा – ५ का रामबहादुर गिरी नामको फेसबुकबाट प्रशारण भएको भिडियोप्रति आपत्ति जनाएको छ । आज अस्पतालमा पत्रकार सम्मेलन गरेर हस्पिटल प्रशासनले गिरीले अस्पताल र चिकित्सकको बद्नाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो । तीन दिनअघि अस्पतालबाट डिस्चार्ज भएकी एकजना शिशुका हजुरबुवा रहेका गिरीले फेसबुकमा भ्रम फैलाएको अस्पतालले जनाएको छ […]
पूरा पढ्नुहोस्
‘जमघट’लाई चिनाउन चिया विज्ञसँग विद्यार्थी अभियान
मेचीनगर । झापाको बाहुनडाँगी स्थित ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउने कम्पनीको नयाँ रणनीति यतिखेर प्रभावकारी बन्दै गएको छ । जमघटलाई चिनाउन कम्पनीले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेपछि यतिखेर जमघट चियाको टिकटक बनाउँनेहरुको लहर नै चलेको छ । चियाका पारखी कलाकर्मीदेखि सेलिबे्रटीहरुले समेत टिकटक बनाउन थालेपछि चिया उद्योगको अवलोकन गर्न तथा चिया बगानमै पुगेर टिकटक बनाउनेहरुको […]
पूरा पढ्नुहोस्