मुख्य खबर

‘झनकबाजे–एक भुइँमान्छे’ लोकार्पण, ५० लाखको अक्षयकोष स्थापना

मेचीनगर । समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे–एक भुइँमान्छे’ कृतिको शनिबार लोकार्पण गरिएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सो कृति लोकार्पण गरेका हुन् । झनकप्रसाद–खिनमाया कट्टेल समाज कल्याण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कृतिको लोकार्पण गर्दै अध्यक्ष लिङ्देनले ‘झनकबाजे’ जस्तो समाजमा योगदान पुर्याएका समाजसेवी व्यक्तिको स्मृतिग्रन्थ […]

पूरा पढ्नुहोस्

चारआलीमा साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता आयोजना हुने

बिर्तामोड, १७ साउन  । झापाको मेचीनगर स्थित चारआलीमा यही साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता आयोजना हुने भएको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आज साँझ मेचीनगरको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम इन्डो–नेपाल अन्तर विद्यालय खुला कराते च्याम्पियनसिपको […]

पूरा पढ्नुहोस्

प्रेस क्लब भद्रपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन, पत्रकार द्वय काजी र छेत्री सम्मानित

भद्रपुर । प्रेस क्लब भद्रपुरको नवनिर्मित कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । क्लबको १५ औं स्थापना दिवसको अवसर पारेर भद्रपुर– ८ स्थित चन्द्रगढीमा नवनिर्मित कार्यालय भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरूले सकारात्मक समाचारलाई प्राथमिकता दिनसके समाजमा नकारात्मक सोच कम भएर जाने धारणा राखेका छन् […]

पूरा पढ्नुहोस्

दुधेमा सर्वाधिक राशिको महिला फुटबल प्रतियोगिता आयोजना हुने

झापा । झापाको दुधेमा सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप यही कात्तिक १५ देखि २२ गतेसम्म नवनिर्मित दुधे रंगशाला, शिवसताक्षीमा सञ्चालन हुने आयोजकले जनाएको छ झापा महिला गोल्डकपको विजेता टिमले नेपालकै […]

पूरा पढ्नुहोस्

हाम्रो नेपाल साकोसको १३ औं वार्षिकोत्सवमा सम्मान

 बिर्तामोड ।  झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिकोत्सव बुधबार सम्मान तथा शपथ ग्रहण सहित सम्पन्न गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा दीर्घ सेवा सम्मान, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शाखा प्रमुख, उत्कृष्ट बचत संकलन कर्ता, उत्कृष्ट शाखा तथा सेयर सदस्यका छोरा छोरी मध्ये २०८१ को एस ईईमा उत्कृष्ट […]

पूरा पढ्नुहोस्

२२ करोड रकम भुक्तानी नभएको भन्दै निर्माण व्यवसायी आन्दोलित

झापा । निर्माण सम्पन्न भएको दुई वर्ष वितिसक्दापनि रकम भुक्तानी नभएको भन्दै झापा तथा इलामका निर्माण व्यवसायीहरु आन्दोलित बनेका छन् । आर्थिक वर्ष २०८०÷८१ मै निर्माण सम्पन्न भइसकेका योजनाहरुको अझै भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरु आन्दोलित बनेका हुन् । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय झापामार्फत झापा र इलाममा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा २ जनामा जापानीज इन्सेफलाइटिस भएको पुष्टि, नगरले थाल्यो सचेतना

मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् । मेचीनगर–३ का ३६ वर्षीया र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा […]

पूरा पढ्नुहोस्

धार्मिक तथा पर्यटकीय स्थल ‘कृष्णथुक्की’ मा रथयात्रा सहित भब्य रुपमा कृष्ण जन्माष्टमी मनाउँने तयारी

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हरेक वर्ष एक दिवसीय कार्यक्रम गर्दै आएको कृष्णथुम्की संरक्षण समितिले […]

पूरा पढ्नुहोस्

‘डी कौडिण्य पत्रकारिता पुरस्कार’बाट पत्रकार पुरी सम्मानित

झापा । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ञडि(कौडिन्य स्मृति पत्रकारिता पुरस्कारझ पत्रकार उद्दव पुरीलाई प्रदान गरेको छ ।ँ प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको ‘डी कौडिण्य  स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहबीच दुईदशक यता क्रियाशिल पत्रकार पुरीलाई पुरस्कार वितरण गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका […]

पूरा पढ्नुहोस्

नाग पञ्चमीको अवसरमा हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने

मेचीनगर । झापाको मेचीनगर –१ स्थित ४९ धारा मनसादेवी  हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ । सो क्षेत्रमा मच्छ्रय देवता तथा नाग देवताको वासस्थान रहेको स्थानीयहरुमा धार्मिक विश्वास रहँदै आएको र हरेक वर्ष नाग पञ्चमीको दिन विशेष पूजा आरधना गरिँदै आएको ४९ धारा […]

पूरा पढ्नुहोस्