मुख्य खबर
मेचीनगर– २ मा बैशाख २८ देखि दोस्रो बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने
मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा यही बैशाख २८ गतेदेखि ३० गतेसम्म दोस्रो बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । दिपज्योती हेल्पिङ हेण्को आयोजनामा हुन लागेको कार्यक्रममा ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ भने मेचीनगर क्षेत्रमा रहेका १० वटा बिभिन्न विद्यालयहरुले समेत आफ्नो क्षमता प्रस्तुत गर्ने छन् । लागू […]
पूरा पढ्नुहोस्
सडक अवलोकन गर्दै मन्त्री दाहालले भने, ‘आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौं ’
मेचीनगर, । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट बक्तव्यमा एउटा निर्वाचन क्षेत्र, एउटा रणनीतिक सडकलाई निरन्तरता दिइने बताएका छन् । विहीबार धुलाबारीको राधास्वामीदेखि स्याङ्लेटार सम्मको अधुरो रहेको सडकको अवलोकन तथा निरीक्षण गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् । झापा–१ को निर्वाचन क्षेत्रको अधुरो रहेको राधास्वामीदेखि स्याङ्लेटार सम्मको बजेट अभाव भएपनि थोरै मात्रै […]
पूरा पढ्नुहोस्
यस्ताछन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् । सात बुदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो । त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए । […]
पूरा पढ्नुहोस्
सरकारसँग ९ बुँदे सहमति पछि शिक्षकहरुको आन्दोलन स्थगित
काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने । परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे । ऐन […]
पूरा पढ्नुहोस्
मेचीनगरका शिक्षकले घेरे मेचीनगरपालिका, भने–“अब दलको झोला बोक्दैनौं”
झापा, १६ वैशाख । आन्दोलनरत मेचीनगरका शिक्षकले आज नगरपालिका परिसरमा विरोध सभा गरेका छन् । सरकारले आफ्ना जायज मागलाई २८ औं दिन सम्म्पनि सम्बोधन नगरेपछि आक्रोशित बनेका शिक्षकहरुले अव उप्रान्त राजनीतिक दलको आवद्धता परित्याग गर्ने उद्घोष समेत गरेका छन् । शिक्षा ऐन जारी गर्नु पर्ने लगायतका माग राखी शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन जारी राखिरहेका बेला […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा
मेचीनगर, १५ बैशाख । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपमा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित […]
पूरा पढ्नुहोस्
जिल्ला सहकारी संघको निर्वाचन : नेकपाएमालेले सहमाति कार्यान्वयन नगरेपछि कांग्रेसले लगायो ताला
झापा । एमालेले सहमति पालना नगरेको भन्दै निर्वाचनको अधिल्लो दिन नेपाली कांग्रेस समर्थक सहकारीकर्मीहरुले झापा जिल्ला सहकारी संघको कार्यालयमा तालाबन्दी गरेका छन् । किचलोका कारण तीन पटकसम्म निर्वाचन मिति सारेर अन्ततः भोलि बैशाख १३ गतेका लागि निर्धारण गरिएको निर्वाचपनि अनिश्चिित बनेको छ । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको भागवण्डाको सहमति एमालेले […]
पूरा पढ्नुहोस्
झापा–१ का योजनाहरु समावेश गर्न प्रधानमन्त्री ओलीको निर्देशन
मेचीनगर, । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा झापा क्षेत्र नं.१ का योजनाहरु समावेश गर्न सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुलाई आवश्यक व्यवस्थापन गर्न नीजि सचिवालयलाई निर्देशन गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईको नेतृत्वमा गएको टोलीलाई यस्तो कुरा बताएका हुन् । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले […]
पूरा पढ्नुहोस्
छापा माध्यम, रेडियो र टेलिभिजनका सम्पादकहरुबीच छलफल
भद्रपुर । प्रेस चौतारी नेपाल झापाले छापा माध्यम, रेडियो र टेलिभिजनका समाचार सम्पादकहरुलाई एकै ठाउँमा भेला गरी वर्तमानमा ती माध्यमका चुनौतीमाथि छलफल गरेको छ। प्रेस चौतारी नेपाल झापाको आयोजनामा भएको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा छापा माध्यम, रेडियो र टेलिभिजनका समाचार सम्पादकहरुलाई एकै ठाउँमा भेला गरिएको हो । सो कार्यक्रममा सम्पादकहरुले प्रेस स्वतन्त्रता माथि नै प्रहार […]
पूरा पढ्नुहोस्
मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस […]
पूरा पढ्नुहोस्