मुख्य खबर
मेचीनगर १५ मा पनि सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका पन्द्रवटै वडामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १५ नम्बर वडामा नै सम्पन्न भएको हो । मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन […]
पूरा पढ्नुहोस्
बराल वंश प्रतिष्ठानले गर्याै, १०६ वर्षीय पिता भीमलाल र सय वर्षीय माता पार्वतालाई सम्मान
बिर्तामोड । बराल बंश प्रतिष्ठान बिर्तामोडले आइतबार झापा जिल्लाका बिभिन्न क्षेत्रमा रहेका बरालहरुलाई एउटा सौभाग्य जुरायो । आयोजकले उमेरले १०६ पुग्नु भएका बराल बंशका १६ औं पुस्ताका धरोहर भीमलाल बराललाई सम्मान कार्यक्रमको संयोजन गरेको थियो । उहाँको अनुहारको चमक, आँखाको हेराई अनि ठम ठम हिँडाई, यो दृष्यले त्यहाँ पुग्ने जो केही पनि उत्साहित देखिन्थे । […]
पूरा पढ्नुहोस्
कृष्णथुम्कीको हिसाव पारदर्शी छ : अध्यक्ष हिम्मत क्षेत्री
मेचीनगर । मेचीनगर – १ स्थित पर्यटकीय तथा धार्मिक स्थल कृष्णथुम्की मन्दिरको संरचना निर्माणमा अनियमितता भएको गुनासो आएपछि सोमबार समितिले पत्रकार सम्मेलन आयोजना गरेको आय ब्यय विवरण पूनः सार्वजनिक गरेको छ । समितिका अध्यक्ष हिम्मत क्षेत्रीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष क्षेत्रीले संरचना निर्माणमा ३० लाख ३९ हजार १८० रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे […]
पूरा पढ्नुहोस्
मेचीनगर १४ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १४ नम्बर वडामा सम्पन्न भएको हो । पुस १ गतेबाट वडागत रुपमा सञ्चालन हुँदै […]
पूरा पढ्नुहोस्
भीम खवासको दोस्रो कृति ‘सोनसरी भोकै निदाई’को लोकार्पण, चार प्रतिभा सम्मानित
मेचीनगर । राजनीतिकर्मी एवम् साहित्यकार भीम खवासको ‘सोनसरी भोकै निदाई’ नामक कथा संग्रहको शनिबार लोकार्पण गरिएको छ । मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार कृष्ण धराबासीले मेचीनगर–१० धुलाबारीमा रण–खड्ग खवास फाउन्डेसनद्वारा आयोजित एक समारोहमा पुस्तकको लोकार्पण गरेका हुन् । खवासको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘नबिर्सिएका दिनहरु’ नामक संस्मरणात्मक कृति प्रकाशित भइसकेको छ । […]
पूरा पढ्नुहोस्
प्रेस सेन्टर झापाको अध्यक्षमा खड्का
बिर्तामोड, १३ पुस । प्रेस सेन्टर नेपाल झापाको १० औं जिल्ला अधिवेशनले पुष्प खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज […]
पूरा पढ्नुहोस्
पत्रकार महासंघको नवनिर्वाचित कार्य समितिलाई बिर्तामोडमा स्वागत सम्मान
बिर्तामोड । आदर्श स्कुल अफ मेनेजमेन्ट तथा लिङ्कन मन्टेश्वरी स्कुल बिर्तामोड–३ ले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा झापा शाखामा निर्वाचित कार्य समितिलाई स्वागत सम्मान गरेको छ । आज आदर्श स्कुलको सभाहलमा एक समारोहकाबिच झापाका नव निर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख […]
पूरा पढ्नुहोस्
नकलबन्दालाई हराउँदै बुट्टाबारीले जित्यो प्रथम नवदुर्गा फुटवलको उपाधि
मेचीनगर । प्रथम नवदुर्गा फुटवल क्लव द्वारा आयोजित काँकरभिट्टा स्थित दशगजा क्षेत्रमा सञ्चालित फुटवल खेलको उपाधि बुट्टाबारी यूवा क्लवले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा नकलबन्दा युवा क्लवलाई ५ –४ को अन्तरले हराउँदै बुट्टाबारीले उपाधि हात पारेको हो । उपाधिसँगै बुट्टाबारीले रु १५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको नकलबन्दाले रु १० […]
पूरा पढ्नुहोस्
बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँ उत्कृष्ट शाखा अध्यक्षको रुपमा सम्मानित
मेचीनगर, ९ पुस । बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन । यही पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिबेशनबाट जेसीजका १७८ वटा शाखा मध्येबाट बानियाँलाई वर्षकै सक्रिय अध्यक्षको अवार्डबाट सम्मान गरिएको हो । अध्यक्ष बानियाँलाई नेपाल जेसीजका वर्ष २०२४ का […]
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासंघ झापा शाखाको पदहस्तान्तरण कार्यक्रम सम्पन्न, सञ्चारकर्मी डायरी विमोचन
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको ३६ औं स्थापना दिवास, सञ्चारकर्मी डायरी विमोचन तथा १४ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडसिथत इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवासका सहितका कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज संचारकर्मी चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी डायरी विमोचन गरेका […]
पूरा पढ्नुहोस्