स्थानीय खबर
प्याब्सन मेचीनगरको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार वितरण
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार सम्पन्न नगर स्तरीय अतिरिक्त क्रियाकलापमा उत्कृष्ट घोषित भएका विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । विद्यार्थीहरुको क्षमता र प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्याब्सनले ११ विद्यामा प्रतिष्पर्धा गराएको थियो । मेचीनगर –८ स्थित एभरेष्ट भ्यू अंग्रेजी मावि परिसरमा आयोजित अतिरिक्त क्रियाकलाप मध्ये कक्षा ५ सम्मको हाजिरी जवाफ प्रतियोगितामा दुर्गा मेमोरियल अंग्रेजी मावि […]
पूरा पढ्नुहोस्
धुलाबारीमा लागुऔषधविरुद्ध सचेतना
धुलाबारी । द साल्भेसन मिसन चर्च धुलाबारीको आयोजनामा शनिबार मेचीनगर–१० स्थित कालाखुट्टा क्षेत्रमा लागुऔषध दुव्र्यसन विरुद्ध चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । समाजमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उदेश्यले स्थानीयको सहभागितामा जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । लागुऔषध दुव्र्यसनले समाज आक्रान्त भइरहेका बेला त्यसबाट जोगाउन कार्यक्रम आयोजना गरिएको हो । शान्त र सभ्य समाज […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको आयोजनामा ११ विद्यामा अतिरिक्त क्रियाकलाप
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविको परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा तथा क्षमता प्रष्फुटन गराउन ड्रोइङ, कलरिङ्, हेण्डराइटिङ, क्वीज, डिक्टेशन, एसे, वक्तित्वकला प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । ११ वटा विद्यामा आयोजित कार्यक्रममा प्राय सबै विद्यामा सिनियर […]
पूरा पढ्नुहोस्
विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न मेचीनगरमा ‘स्कुलस् ब्रेन वेभ सर्कल’
मेचीनगर । शुक्रबार दिउँसो मेचीनगर –७ स्थित झापा नेशनल स्कूल परिसर निक्कै भिडभाड थियो । मेचीनगर क्षेत्रमा रहेका ९ वटा संस्थागत विद्यालयहरुबाट उत्साह पूर्वक विद्यार्थीहरु सो कार्यक्रममा सहभागि थिए । उनीहरुले आफनो, सीप, कला, क्षमता समेत प्रस्तुत गरे । सहभागि विद्यालयहरुले आफ्नो कला, सीप र क्षमता प्रस्तुत गरिरहँदा सहभागि अभिभावक र अतिथि दंग थिए । […]
पूरा पढ्नुहोस्
सञ्चार विधेयक सच्याउन माग गर्दै पत्रकार आन्दोलित, आज जिल्ला प्रशासनमा धर्ना
झापा । कोशी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका पत्रकारहरुले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । कतिपय प्रेस स्वतन्त्रताविरोधी प्रावधानसहित सरकारले प्रदेश संसद्मा प्रस्तुत गरेको विधेयक हाल अनुमोदनको संघारमा छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आह्वानमा आज झापासहित १४ वटै जिल्लाको प्रशासन कार्यालयमा पत्रकारहरुले विरोध स्वरुप […]
पूरा पढ्नुहोस्
मेचीनगर – १५ मा झोलुङ्गे पुलले दिएको खुसी
डम्बर बराल मेचीनगर । मेचीनगर – १५ स्थित हेल्दुबारी र बिचार्नी बजारलाई जोड्ने निन्दा नदीमा झोलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीय यतिखेर निक्कै उत्साहित बनेका छन् । पुल नहुँदा वर्षाैदेखि खोलाबाटै जोखिमको यात्रा गर्दै आएका उनीहरु पुल बनेपछि उत्साहित बनेका हुन् । ‘खोलाका कारण हामीलाई निक्कै समस्या थियो’, हातमा कागजात लिएर निन्दा खोला पारी […]
पूरा पढ्नुहोस्
इटाभट्टामा साप्ताहिक हाटबजार सुरु, स्थानीय व्यवसायी उत्साहित
इटाभट्टा । मेचीनगर –७ स्थित इटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार सञ्चालनमा आएको छ । मेचीनगर ७ वडाकार्यालय समन्वय तथा बजार व्यवस्थापन समितिको पहलमा साप्ताहिक हाटबजार सुर भएको हो । साप्ताहिक हाट बजार सञ्चालनमा आएपछि ,स्थानीय व्यवसायीहरु उत्साहित बनेका छन् । मेचीनगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले बुधबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा रिविन […]
पूरा पढ्नुहोस्
चीनको झाङझाउ कलेजसँग भगिनी सम्बन्ध स्थापित गर्दै मेचीनगरको इष्ट होराइजन
मेचीनगर, ४ भदौ । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान स्थापित गर्न सफल मेचीनगर स्थित इस्ट होराइजन अंग्रेजी माविले विद्याथीहरुको सिकाईलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सम्बन्ध लाई समेत उत्तीकै महत्व दिएको छ । शिक्षा सँगै अतिरिक्त त्रियाकलापमा नेपाल तथा भारतमै फरक पहिचान स्थापित गर्दै आएको यस विद्यालय यतिखेर चीनको फुजियान राज्यस्थित झाङझाउ कलेजको नजरमा परेको […]
पूरा पढ्नुहोस्
बौद्वमोडमा वर्तमान कृषिका समस्या र समाधान विषयक अन्तरक्रिया
मेचीनगर । मेचीनगर –२ बौद्वमोड स्थित मेची ताजा तरकारी मिश्रित कृषक समूहको आयोजनामा मंगलबार वर्तमान कृषिका समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सो अवसरमा नगरपालिकाले प्रस्ताव गरेको समर्थन मूल्य, संकलन केन्द्र र बिक्री कक्षका बारेमा समेत गम्भीर छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुद्व अर्गानिक तरकारी […]
पूरा पढ्नुहोस्
देउनीय खोला स्थित दाहासंस्कार केन्द्रमा बिर्तामोड नगरपालिकाले फोहोर पालेपछि स्थानीय आक्रोशित
चारआली । देउनीया खोलाको किनारमा अवस्थित दाहासंस्कार स्थलमा बिर्तामोड नगरपालिकाले फोहोर फालेर अवरोध पुर्याएपछि स्थानीयहरु आक्रोशी बनेका छन् । करिव तीन दशकदेखि ’शव दाहसंस्कार’ अन्त्येष्टि कर्म गर्ने सार्वजनिक स्थान बिर्तामोड नगरपालिकाले आफुखुसी फोहोर फालेपछि आक्रोशित बनेका सरोकारवालाले सम्बन्धित निकायमा कार्वाहीको माग समेत गरेका छन् । मेचीनगर–१३ स्थित देउनीया खोला छेउ दक्षिणपट्टी स्थानीयले बिगत ३२ वर्षदेखि […]
पूरा पढ्नुहोस्